५ आश्विन २०७३, बुधबार

सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले विरोधी भावनाको अन्त्य नभएसम्म मुलुकमा शान्ति स्थापना असम्भव हुने बताउँनुभएको छ । उहाँले मुलुकमा शान्ति स्थापना गर्न सर्वप्रथम आफनो मन मस्तिष्क शान्त रहनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री अर्जुन नरसिंह केसीको लागि तस्बिर परिणाम
विश्व शान्ति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सहरी विकास मन्त्री केसीले मन र मस्तिष्कमा जबसम्म अरुको कुभलो चिताउने भावना र नकरात्मक सोच रहन्छ, तबसम्म शान्ति स्थापना हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा शान्ति स्थापना गर्न सबैले सकरात्मक सोच लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्री केसीले मुलुकमा शान्ति स्थापना गर्न विरोधी भावनाको अन्त्य हुनैपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV