५ आश्विन २०७३, बुधबार

राजदूत नियुक्तिमा भारतका लागि प्रस्तावित दीपकुमार उपाध्यायविरुद्ध तीन वटा उजुरी परेको छ । संसदीय सुनुवाई विशेष समितिले राजदुत नियुक्ति हुनुपूर्व उजुरीका लागि दश दिनको समय दिएकोमा राजदुतमा प्रस्तावित दीपकुमार उपाध्यायमा तीन उजुरी परेको जनाइएको हो ।

दीपकुमार उपाध्यायको लागि तस्बिर परिणाम
व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिको बुधबार बसेको बैठकमा भारतका लागि सरकारले प्रस्ताव गरेको राजदुत दीपकुमार उपाध्याय विरुद्ध तीन उजुरी परेको जानकारी दिएको छ । बैठकमा उजुरीको बारेमा जानकारी दिदै समितिले उजुरीमा अघिल्लो सरकारले फिर्ता बोलाएका उपाध्यायलाई पुनः राजदूत नियुक्त गर्न नहुने र उपाध्याय राजदूतका लागि योग्य नरहेको उल्लेख छ । भारतले अघोषित नाकाबन्दी लगाउँदा नाकाबन्दी हटाउनका लागि राजदूतका रुपमा उपाध्यायले प्रभावकारी भूमिका नखेलेको , सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप पनि उजुरीमा लगाइएको जनाएको छ ।
यता चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलका विरुद्ध भने कुनै उजुरी परेको छैन । त्यसैगरी बैठकले न्याय परिषद्को सदस्यमा प्रस्तावित रामप्रसाद सिटौलाका विरुद्धमा १० दिनको समयसहित उजुरी आव्हान गर्ने निर्णय गरेको छ । सिटौला यसअघि पनि न्याय परिषद्को सदस्यमा सिफारिस भएकामा अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सिटौलाको नाममाथि सुनुवाई हुनु पहिले नै उहाँको नाम फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV