५ आश्विन २०७३, बुधबार

मंगलबार राति देखिको अविरल वर्षाका कारण आएको बाढीले बगाएर मोरङमा दुई जनाको मृत्यु भएको छ भने करिब एक सय घर डुबानमा परेका छन् ।

अविरल बाढीले बगाएर मोरङमा दुई जनाको मृत्युको लागि तस्बिर परिणाम
चिसाङ खोलाले बगाउदा लेटाङ भोगटेनी वडा नं. २ का चंचललाल मगरको मृत्यु भएको छ भने लोहन्द्रा खोलाले बगाएर ल्याएको एक जना महिलाको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । उनको सनाखत हुन सकेको छैन ।
यसैगरी बक्राहा र नुनसरी खोलामा आएको बाढी बाँध माथिबाट गाँउ पस्दा मोरङको मधुमल्ला गाविस वडा नं. ५ का एक दर्जन घरहरु डुबानमा परेका छन् भने बक्राहा खोला इटहरा वडा नं. ३ धर्मभकारी भन्ने ठाँउबाट गाँउ पस्दा इटहरा वडा नं. ३,४,५ र ६ का करीब ३१ घर डुबानमा परेका छन् । यसैगरी लोहन्द्रा खोलाले कटहरी गाविसका ५० घर डुबान गरेको मोरङका डिएसपी योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो । यसैबीच पूर्वी लमजुङको नौथरस्थित किसेदी खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा गौडा–१ का ५० बर्षीय सुखे गुरुङ र पाचोक – ५ का १३ बर्षीय सुजन गुरुङलाई बगाएको हो । उनिहरुलाई खोला तर्ने क्रममा एकसाथ बगाएको हो ।

LIVE TV