
निजी कार दुर्घटनामा परी गुल्मीमा आज एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कार चालक रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका देवकोटाचोकका ४० वर्षीय अशोक भुसाल रहेको छ । उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
दुर्घटनामा कारमा सवार अर्घाखाँची जिल्ला भगवती–४ का युवराज पाण्डे घाइते भएका छन् । उनको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । वा१४प ६१५३ नंम्बरको कार रेसुङ्गा नगरपालिका–८ स्थित कमेरेपानीमा सडकबाट ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।
बुटवलबाट तम्घास हुँदै अर्घाखाँचीको ढिकुरा जाने क्रममा सो कार आज दिउँसो दुर्घटना भएको हो । कारमा तीनजना सवार रहेकामा एकजना भने सकुशल रहेका छन् । रासस