४ आश्विन २०७३, मंगलवार

तीब्र शहरीकरण भैरहेको बागलुङबजारमा सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्दा बजार क्षेत्र नै अस्तव्यस्त बनेको छ । ट्राफिक सवारी आवगमन तथा पैदीलयात्रुलाइ समेत सास्ती हुनेगरी ढुङ्गा,गिट्टीबालुवा राख्ने प्रवृत्ति बढ्दा बजार अस्तव्यस्त बनेको हो ।

Image result for अस्तव्यस्त बजार,बागलुङ

साँघुरा सडकमा निमार्णकर्ता र निमार्ण व्यवसयीहरुले मनपरी ढंगले सडकमै निर्माण सामाग्रीहरु थुपार्दा पनि बागलुङ नगरपालिकाले भने मौन देखिएको छ । झन् त्यसमाथि सवारी साधनहरुले तिब्र गतिमा सवारी कुदाउदा साँघुरा सडकमा ज्यान जोगाउनै मुस्कीले पर्ने गरेको स्थानीय धुब्र शर्माले बताउनुभयो । सडकका दुबै छेउमा निमार्ण सामाग्री राख्दा बजारमा सवारी जाम हुनुको साथै दुर्घटनाको खतरा समेत उत्तिकै बढेको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । जथाभावी राखिएका निमार्ण सामाग्री हटाउन आग्रह गर्दा घरमूली वा निर्माण ठेकेदारहरुले अटेर गर्ने गरेको ट्राफिक प्रहरी हवलदार दलबहादुर बस्यालले बताउनुभयो ।

प्रहरीले केही सवारी साधनहरुलाई कारवाहीको लागि नियन्त्रणमा समेत लिने गरेको छ । यता बागलुङ नगरपालिका कार्यलय भने व्यवहारिक कठानाइको कारण सडकनै अवरुद्व हुने गरी निमार्ण सामाग्री राख्नेहरुलाई कारवाही गर्न नसकिएको भन्दै लाचारी व्यक्त गरिरहेको छ । घरको पहिलोतला निमार्ण गर्दासम्म सडक अबरुद्व नहुने गरी छेउमा राख्ने छुट दिइदै आएको छ । तर एकतला निमार्णपछि भने घरभित्र वा व्यक्तिगत जग्गामा राख्नुपर्ने प्रावधान रहेको नगरपालिका कार्यलय बागलुङका योजना तथा प्रशासकिय अधिकृत युतmप्रसाद सुवेदीले बताउनुभयो । तर कारवाहीको कुनै प्रावधान नरहेकाले नियन्त्रण गर्न समस्या भएको उहाको भनाइ छ ।

बागलुङ नगरापालिका र स्थानीय प्रशासनले उचित र प्रभावकारी निर्णय लिन नसक्दा तिब्र सहरीकरणका कारण बागलुङ बजार कुरुप बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV