४ आश्विन २०७३, मंगलवार

शिक्षा क्षेत्रसंग सम्बन्धित संस्थाका प्रतिनिधिले शैक्षिक क्षेत्रलाइ त्रसित बनाउने खालका घटना भएकोमा भत्र्सना गर्दै सुरक्षामा गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् । विद्यालय क्षेत्रमा बम आतंक फैलाईएको भन्दै उनीहरुले घट्नामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Image result for विद्यालय संचालन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन, उच्च माध्यमिक विद्यालय संघ हिसान र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन एन प्याब्सनले आज संयुक्त पत्रकार सम्मेलन गर्दै बालबालिकालाई त्रसित गर्ने आतंककारी कार्य नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको टिप्पणी गर्नुभयो । उहाँले शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको आरोप लगाउनुभयो ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको बताउनुभयो ।

एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालयको समेत दोष रहेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

बाँच्न र पढ्न पाउने अधिकारको सुनिश्चिता गर्दै भयरहित तवरले विद्यालय संचालन हुने सुरक्षित वातावरण सृजनाका लागि पहल गरिदिन उनीहरुले सरकार, सम्बन्धित निकाय, नागरिक समाज, राष्ट्रिय–अन्र्तराष्ट्रिय मानव अधिकार संघ संस्था लगायतलाई अपिल समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV