४ आश्विन २०७३, मंगलवार

राप्रपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपालका आन्तरिक मामिला आपसी चासोका विषयका रुपमा समेटिएकोमा विरोध जनाएको छ ।

Image result for राप्रपा नेपाल
राप्रपा नेपालले एक विज्ञप्ती निकाल्दै संविधान संशोधन र कार्यान्वयन देशको आन्तरिक मामिला भएपनि प्रधानमन्त्री दाहालको भ्रमणका बेला निकालिएको विज्ञप्तीमा देशको आन्तिरिक विषय समाबेश हुनु अनुपयुक्त भएको जनाएको हो । राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले निकालेको विज्ञप्तीमा नेपाल र भारतले निकालेको संयुक्त बक्तब्यमा नेपालको संविधान अधुरो रहेको तथा समावेशी र सर्वस्वीकार्य नभएको आशय झल्किने भन्दै यसले सरकार संविधानप्रतिको आफ्नो अडानबाट पछि हटेको देखिएको दाबी गरिएको छ ।
त्यस्तै, भारतीय सहयोगमा सञ्चालित आयोजनाहरुको निरीक्षण र अनुगमन नेपाल सरकार र नेपालस्थित भारतीय दूतावासका अधिकारीले गर्ने विषय पनि त्रुटीपूर्ण रहेको राप्रपा नेपालले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV