३ आश्विन २०७३, सोमबार

उर्लाबारी (मोरङ),  असोज । खोलामा डुबेर मोरङमा आज एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

मधुमल्ला– ४ खावेझोडा बस्ने टीकाराम खड्काका तीन वर्षिय छोरा परेन्ताको घर नजिकै रहेको बक्राहा खोलामा डुबेर मृत्यु भएको हो ।
बालकलाई घर नजिकै रहेको खोलामा डुबेको फेला पारेपछि उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले बताउनुभयो ।

यस्तै विराटनगर–१ स्थित सिङ्गिया खोलामा डुबेर कटहरी–३ का ५० वर्षीय प्रमोद मेहताको मृत्यु भएको छ । मेहतालाई खोलामा डुबेको अवस्थामा स्थानीयबासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV