२ आश्विन २०७३, आईतवार

झापामा ११ वटा स्थानीय तह रहने गरी गरिएको पुर्नसंरचना प्रस्तावप्रति विभिन्न राजनीतिक दल, समुदाय र केही स्थानका स्थानीयको असन्तुष्टि बढ्दै गएको छ । असन्तुष्ट पक्षले सबैको भावना समेटेर पुर्नसंरचना गर्न र अहिले प्रस्ताव गरिएको खाकामा पुनरावलोकन गर्न समेत समेत गरेका छन् ।

jhapa-district-map

झापाको स्थानीय तहको पुर्नसंरचनाको बारेमा आयोगले तोकेको मापदण्ड अनुसार भाषा, संस्कृति, जाति लगायतका दृष्टिले संरक्षित र विशेषक्षेत्र निर्धारण गरेर पहिचानसहितको नामांकन नगरिएको भन्दै असन्तुष्टिका आवाजहरु उठ्न थालेको छ । स्थानीय तहको राज्य पुर्नसंरचना जिल्ला प्राविधिक समितिले एकलौटी जिल्लाका केहि राजनीतिक दलहरुको सिफारिसमा सबैलाई पायक पर्ने ठाउँमा केन्द्र समेत नतोकेको असन्तुष्ट साना दलहरु र समुदायको आरोप छ । स्थानीय निकाय पुर्नसंरचना आयोगले १० वटा स्थानीय तह निर्धारण गर्न भनेकोमा त्यसलाई बढाईएको भन्दै आफ्नो पार्टीले त्यस्मा असहमति जनाएको राप्रपा नेपालका जिल्ला अध्यक्ष अम्बर बिष्टले बताउनुभयो ।
त्यस्त,ै झापाका आदिवासीहरुले पनि स्थानीय तहको पुर्नसंरचनामा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृतको पहिचान र अस्तित्व नसमेटिएको भन्दै प्रस्तावित खाका पुनरावलोकन गर्न माग गरेका छन् । स्थानीय तहको पुर्नसंरचनामा कोचवासीको अधिकार र समृद्धिलाई सम्बोधन गर्र्न संरक्षित कोच क्षेत्र घोषणा गर्नुपर्ने आदिवासी नेताहरुको माग छ ।
उता, झापाको बाह्रदशी गाउँपालिकाको केन्द्र चकचकी राखेको भन्दै राजगढवासी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । राजनीतिक दलहरुको सिफारिसमा राजगढ, गोलधाप, चकचकी र डाँगीबारीको केन्द्र चकचकी राखिएको प्रति उनीहरुले आपत्ति जनाएका हुन् ।
गत भदौ २७ गते राप्रपा नेपाल र केही साना दलहरु बाहेकका प्रमुख राजनीतिक दलहरुले झापामा ११ वटा स्थानीय तह बनाउने सहमति जुटाएका थिए । जिल्लामा एउटा उप महानगरपालिका, ७ नगरपालिका र ३ वटा गाउपालिका बनाउने सहमति भएपछि स्थानीय तह पुर्नसंरचना प्राविधीक सहयोग समितीले स्थानीय तह पुनः संरचनाको संख्या तथा सिमाना निर्धारण आयोगलाई २८ गते आफ्नो प्रतिवेदन पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV