२ आश्विन २०७३, आईतवार

चितवनमा आयोजित नेवार समुदायको ऐतिहासिक र संस्कृतिसँग जोडिएको लाखेनाच प्रतियोगितामा दोश्रो भएको ऐतिहासिक दोलखा बजारको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिलाई काठमाडौँमा सम्मान गरिएको छ । दोलखाली क्लवहरुले आयोजना गरेको कार्यक्रमकाबीच लाखेनाचका सहभागीहरुलाई सम्मान गरिएको हो ।

Image result for दोलखाको लाखे नाच
निकै रोचक प्रसंगले बाधेको यो लाखेनाचको आफ्नै बिशेषता छ । पौरानिक कथा अनुसार लाखेनाच राक्षसको रुप मानिन्छ । राक्षसको संहार गरी देव गणलाई सहयोग गरेको पौराणीक कथालाई केन्दि«त गरेर लाखेनाच देखाउने गरिन्छ । यहि संस्कृतिलाई निरन्तरता दिदै लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान केन्द«ले आयोजना गरेको पाँचौ राष्ट्रिय लाखेनाच प्रतियोगितामा दोश्रो भएको दोलखाको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिलाइ काठमाडौँमा सम्मान गरिएको हो । दोलखा समाज र विभिन्न क्लवले आयोजना गरेको सम्मान कार्यक्रममा दोलखामा प्रचलित नेपाली लाखे, माझीपा लाखे जस्ता नाच समेत देखाइएको थियो ।
आफ्नै बाजामा रम्ने लाखेनाच हेर्दा दिउँसो डर लाग्ने तर राती डर नलाग्ने हुने भएकाले छुट्टै आकर्षण रहेको छ । लाखेनाच अर्थात डाकस जात्रा जस्तै गाईजात्रा, हिले जात्रा लगायतका सांस्कृतिक जात्राहरु दोलखामा अझै पनि धुमधामले मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV