२ आश्विन २०७३, आईतवार

देशभर राष्ट्रिय बाल दिवस मनाइरहँदा जिल्ला बाल कल्याण समिति भक्तपुरले जिल्लाका दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरेको छ । संरक्षण गर्ने निकायको अभावमा ती बालबालिकाहरुको उद्धार गर्न नसकिएको समितिको भनाई छ ।

Image result for बालबालिका जोखिममा
जिल्ला बाल कल्याण समिति भक्तपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जोखिममा रहेका बालवालिकाको पहिचान भईसक्दा पनि बालबालिकाको संरक्षण गर्ने निकायको अभावमा उनीहरुको उद्धार गर्न नसकिएको बताउनुभएको हो । उहाँले ती बालबालिकाको उद्दार गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुले जिम्मेवारी लिन तदराकुता देखाउनुपर्नेमा जोृड दिनुभयो ।
केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष दिल्लीराम गिरीले अहिलेको निर्देशिका अनुसार शिर्षकमा आएको बजेट खर्च गर्न निर्देशन दिनुभयो । उहाले सरकारी निकायका उच्च पदस्थ कर्मचारीहरुको घरमा समेत निकृष्ट बालश्रम प्रयोग भईरहेको पाउनु दुखद भएको चर्चा गर्नुभयो । बालश्रम प्रयोग गर्ने व्यक्ति, घर वा संस्था कुनै पनि निकायलाई अब कारबाहीको दायरामा ल्याईने बताउँदै उहाँले जोसुकै व्यक्ति भएपनि अब उनीहरुलाई कानुनी दायरामा ल्याउन समिति सक्रिय हुने बताउनुभयो ।

LIVE TV