२ आश्विन २०७३, आईतवार

चितवनको टिकौली जंगलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । आइतवार दिउँसो ट्रिपर, कुखुराको चल्ला बोक्ने बोलेरो र एम्बुलेन्स आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार विरामीका आफन्तको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्व गइरहेको ना ६ ख ४५७३ नम्बरको ट्रिपरले सोही दिशामा गइरहेको ग २ च १२७१ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो । सोही स्थानमा बा ११ च ८०४७ नम्बरको कुखुराको चल्ला बोक्ने भ्यान पनि फेरि ठोक्किएको थियो । दुर्घट्नामा परि रत्ननगर १ का ३३ वर्षीय माधव चौधरीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । घाइते एम्बुलेन्स चालक तनहुँ देवाघट ३ का ३० वर्षीय उत्तमकुमार झुजेल र चितवन जिल्ला खैरहनी निवासी बर्ष ४२ का केबल महत्तोको कलेज अफ मेडिकल साईन्सेज्मा उपचार भैरहेको छ । यस्तै बोलेरो चालक चितवन जुटपानी ४ का ३५ बर्षका खेमबहादुर गुरुङ र चितवन घर भएका ४० बर्षका नथुराम दराईको चितवन मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LIVE TV