२ आश्विन २०७३, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सभापतिहरुले दुई राप्रपा वीचको एकीकरण प्रक्रिया प्रारम्भ गर्न माग गर्दै अध्यक्ष पशुपति समशेर राणलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय समितिको सर्वसम्मत निर्णय कार्यन्वयनको माग गर्दै सभापतिहरुले केन्द्रीय समितिको निर्णय गोजीमा नराख्न चेतावनी समेत दिएको छ ।

Image result for राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौ उपत्यका लगायत ५७ वटा जिल्ला सभापतिहरुले आइतवार पार्टी कार्यलय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष राणा विधि र पद्धतिवाहिर गएर पार्टी सञ्चालन गर्न लागेको जिल्ला सभापतिहरुको आरोप छ । उनीहरुले दुई पार्टीवीच स्थगित  एकीकरणको प्रक्रिया नयाँ ढंगले शुरु गर्नुपर्ने बताएका हुन् । केन्द्रीय समितिको निर्णय अध्यक्षले गोजीमा थन्क्याएको आरोप लगाउदै उनीहरुले यथाशीघ्र निर्णय कार्यन्वयन नगरे नयाँ ढंगले बढ्नेसमेत चेतावनी दिए ।
यसैवीच, राप्रपाको विद्यार्थी संगठनले पनि अध्यक्ष राणा विधि र पद्धतिविपरित चलेको आरोप लगाउदै चरणवद्ध आन्दोलन गरिरहेको छ । ज्ञापनपत्र, ध्यानाकर्षण हुँदै उनीहरु पार्टी कार्यलयमा कालो पट्टी वाँधेर विरोध जनाइरहेका छन् । उनीहरुले पनि केन्द्रीय समितिको निर्णय कार्यन्वयन गर्दै पार्टी एकीकरणका लागि आवश्यक पहल गर्न माग गरेका छन् ।
रापपाको गत साउनमा सम्पन्न केन्द्रीय समितिको वैठकले कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालसँग पार्टी एकीकरण गर्ने सर्वसम्मत निर्णय गरेको थियो । तर अध्यक्ष राणाले निर्णयलाई वेवास्ता गरेको भन्दै यसअघि पनि वहूमत सदस्यहरुले पनि ज्ञापन पत्र बुझाएको थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV