१ आश्विन २०७३, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले छिट्टै नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले संविधान कार्यान्वयनमा भारतले समर्थन गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

Image result for pm dahal at india
भारतको नयाँ दिल्लीमा शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउँनुभएको औपचारिक निमन्त्रणा आफूले प्रणव मुखर्जीलाई हस्तान्तरण गरेको जानकारी दिनुभएको हो । उहाँले नेपाल भ्रमणमा भारतीय राष्ट्रपति मुखर्जी सकरात्मक रहेको बताउँनुभयो ।
आफ्नो भ्रमणबारे लिखित वक्तव्य राख्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेको छोटो समयमै भएको भारत भ्रमण फलदायी रहेको उल्लेख गर्नुभयो । भ्रमणले नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउँन मद्दत पुग्ने विश्वास गर्दै यसबाट द्धिपक्षीय लगानीको वातावरण समेत बनेको बताउँनुभयो । नेपालको शान्ति प्रक्रियामा भारतको सुरुदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा पनि सरकारले गरेको पहलमा भारतले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यसबारेमा अनावश्यक ट्वीष्ट नगर्न पनि उहाँले सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको बताउँदै यसबाट विश्वासको धेरै राम्रा आधार बनेको उल्लेख गर्नुभयो । आफ्नो भारत भ्रमण सफल भएको भन्दै उहाँले आफू पूर्णं सन्तुष्ट र उत्साहित भएर फर्किन लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV