१ आश्विन २०७३, शनिबार

सचेत घिसिङ,
रसुवामा परिवार नियोजन गर्नेमा महिला अगाडि देखिएका छन् । रसुवाको विभिन्न स्थानमा भएको परिवार नियोजन शिविर तथा स्वास्थ्य संस्था गएर परिवार नियोजन गराउनेमा महिलाले नै बढी सक्रियता देखाउदै आएका छन् ।

vlcsnap-2016-09-17-20h15m23s45
जिल्ला स्वास्थ्य कार्यालय रसुवाले शनिबार एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै महिलाहरु स्थायी बन्ध्याकरण भने नगरेको जनाएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख विवेककुमार लालले हालसम्म रसुवामा ३ सय ८१ जनाले परिवार नियोजन गरेकोमा ३ सय ७१ जना महिला भएको जानकारी दिनुभयो ।
त्यस्तै ३ सय ७१ जना महिला मध्ये ३ सय २९ जनाले इम्प्लान्ट र ४२ जनाले कपर टी को प्रयोग गरिएको पाइएको छ भने १० जना पुरुषले मात्र स्थायी बन्ध्याकरण गरेका छन् । यस्तै महिलाले स्थायी बन्ध्याकरण मिनी ल्याप भने नगरेको पाइएको छ । जिल्लाको ग्रामीण भेगमा परिवार नियोजनमा पहुँच नपुगेको तथा २५ प्रतिशतले चाहेर पनि परिवार नियोजानका साधन प्रयोग गर्न नसकेको स्वास्थ्य प्रमुख लालले जानकारी दिनुभयो ।
यस्तै आकस्मिक गर्भ निरोधात्मक चक्की खानेको संख्या पनि बढेका कारण स्वाथ्यलाई असर गरिरहेको भन्दै प्रमुख लालले परिवार नियोजन गर्न आग्रह गर्नु भयो । अहिले रसुवामा माथिल्लो भेगमा परिवार नियोजन गर्नेको संख्या कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV