१ आश्विन २०७३, शनिबार

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द« निधिले सरकारले टीकापुर र मधेस आन्दोलनमा मुद्दा चलाइएका ३ सय ७४ जनाको मुद्दा दशैं अघि फिर्ता लिने खुलासा गर्नुभएको छ

Image result for गृहमन्त्री विमलेन्द« निधि
कार्यवाहक प्रधानमन्त्रीसमेत रहनु भएका निधिले एक वर्षअघि टीकापुर घटनाको साथै तराईका विभिन्न स्थानमा भएका आन्दोलनका आन्दोलनकारीहरुलाई लगाएको १ सय ६० किसिमका मुद्दा दशैं अघिसम्म फिर्ता लिने बताउनुभयो । गृह मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री निधिले आन्दोलनरत दलहरुसँग यस विषयमा सहमति भइसकेको बताउँदै सरकार र आन्दोलनरत मधेसी मोर्चासँग मुद्दा फिर्ता लिने विषयमा सहमति भइसकेको उल्लेख गर्नुभयो । उहाँले मुद्दा फिर्ता लिने विषयमा आन्दोलनकारी पक्ष, महान्यायाधीवक्ता, कानुन मन्त्रालयलगायतसँग छलफल भइरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा मन्त्री निधिले आन्दोलनमा मारिएका ५२ जनालाई शहीद घोषणा गरिएको र उनीहरुका परिवारलाई प्रतिपरिवार १० लाखको दरले मन्त्रालयले ५ करोड २० लाख रुपैयाँ वितरण गरिसकेको बताउनुभयो ।

LIVE TV