१ आश्विन २०७३, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको अनियमिता छानबिनको विषयबारे अनभिज्ञता प्रकट गर्नुभएको छ ।

Image result for प्रधानमन्त्री दाहाल
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले दिल्लीस्थित नेपाली पत्रकारहरुसंग कुराकानी गर्दै अख्तियारको निर्णयबारे केही जानकारी नभएको बताउनुभएको हो । यसबारे आफुले पहिलोपटक पत्रकारहरुबाट थाहा भएको जिकिर गर्नुभएको हो । उहाँले अख्तियारको कदमबारे आफू स्वदेश फर्किएपछि बिस्तृत रुपमा अध्ययन गर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार साँझ लडाकु शिविरमा भएको अनियमिता छानबिन सुरु भएको जानकारी दिएको थियो । आयोगले एक महिनाभित्र अनुसन्धानलाई किनारा लगाउने गरी तयारी भइरहेको पनि जनाएको छ । अनियमितासँग जोडिएकालाई ३० दिनभित्र उपस्थित हुन पत्राचार गरिएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV