१ आश्विन २०७३, शनिबार

हिन्दू नेपालीको महान चाड दशैं तिहार नजिकिदो छ । अन्य समयमा भन्दा दशैं तिहारमा उपभोक्ताले बढी नै खाद्य सामग्रीहरुको जोहो गर्छन । अधिकांश नेपालीको क्रय शक्तिले दशैं धान्न मुस्किल पर्छ । सरकारले यही अवस्थालाई मध्यनजर गर्दै दशैं र तिहारलाई लक्षित गरेर सुपथ मूल्यको पसल सञ्चालन गर्दै आएको छ । नजिक पर्नेलाई राहत नै पुग्छ यस्ता पसलले तर अधिकांश स्थानमा यस्ता पसल नहुँदा लंकामा सुन छ कान मेरो बुच्चै भने झै हुने गरेको छ ।

salt-trading-supath-pasal
कालोबजारी र मुल्य बृद्धि नियन्त्रण गर्ने नाममा सरकारले सुपथ मुल्य शनिवार देखि सुरु गरेको छ । यद्यपी सरकारको सुपथ मुल्य पसल ठूलो संख्याका उपभोक्ताका लागि नजिक नभएका कारण सर्वसाधारण खाद्य सामग्री पुरानै हिसाबमा खरीद गर्न बाध्य छन् । सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्यको पसल नजिक भएका उपभोक्ता र जनताका लागि यस्ले राहत पु¥याएपनि टाढाका ग्राहक र उपभोक्तालाई भने सरकारको सहयोग लिन गाह्रो नै छ । जस्ले गर्दा सुपथ मूल्य पसल सबैको पहुँचमा पुग्न गाह«ो छ । सर्वसाधारणले सधै आफु अनुकुलको फाइदा लिन चाहन्छन् तर विभिन्न ठाउँमा सरकारले खोलेको सुपथ मूल्य पसलमा ५ देखि १० रुपैयाँको सहुलियतको लागि धाएर जाने प्रविति पनि नेपाली उपभोक्ताको छैन । तर, सरकारले भने सुपथ मूल्य पसल सञ्चालन गरेर कालोबजारी नियन्त्रणमा आउने दाबी गरेको छ । आपूर्ति मन्त्री दीपक बोहराले सुपथ मूल्यमा पसल सञ्चालन गरेर कालोबजारी गर्नेलाई निरुत्साहित पार्ने सोंच पनि सरकारको रहेको जिकिर गर्नुभयो ।
सरकारले विभिन्न खाद्यान्न सामाग्रीमा केहि हदसम्म सहुलियत दिएको छ । काठमाडौैंमा ११ स्थानमा सुपथ मूल्यका पसल सुरु गरिएको छ भने उपत्यका मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पु¥याउने व्यवस्था गरिएको छ । यस्ले भने आम उपभोक्तालाई केही राहत पुग्ने देखिन्छ । सरकारको उद्देश्य सफा छ तर व्यापारीले मौका छोप्ने भनेको यस्तै चाडपर्वमा हो । यसतर्फ पनि सरकारले ध्यान दिए हरेक पसल उपभोक्ताका लागि सुपथ मूल्यका हुन पनि सक्छन् । निगरानीको निरन्तरता जरुरी छ । किनभने चाडपर्व भने पछि खर्च गर्न धक नमान्ने नेपाली नागरिकको लागि लुट्ने छुटको व्यवस्था बन्द गरिनु पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV