१ आश्विन २०७३, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण परम्पराको निरन्तरता र औपचारिकतामा सीमित भएको नेकपा एमालेले टिप्पणी गरेको छ । संविधान नचाहनेहरु संविधान निष्प्रभावी बनाउन चलखेल भैरहेको भन्दै त्यसलाई दृढतापूर्वक निस्तेज पारिने समेत नेकपा एमालेले बताएको छ ।

Image result for pm dahal at delhi with modi
प्रधानमन्त्रीको भारत भ्रमण र संयुक्त विज्ञप्तीमा कुनै पनि नयाँ कुरा नभएको नेकपा एमालेले जनाएको हो । भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले गरेको दावी र प्रतिवद्धताहरु सम्झौतामा केही पनि नभएको एमालेको दावी छ ।
स्थानीय तहको पुनःसंरचनामा आलटाल र निर्वाचनलाई ढकेलेर संविधानविरुद्ध चलखेल भएको भन्दै त्यसलाई नेकपा एमालेले दृढतावपूर्वक निस्तेज गरिने बताएको छ । संविधानलाई निष्प्रभावी बनाउन संविधान नचाहनेहरु नै संशोधनको लागि उद्यत रहेको एमालेको आरोप छ । दलहरुले मुलुकमा संवैधानिक शून्यता र राजनैतिक संकट खडा गर्न लागेको एमालेको जिकीर गरेका छन् ।
संविधानको स्वामित्व लिदै रक्षा र कार्यन्वयनका लागि एमाले दृढपूर्वक उभिनेसमेत नेकपा एमालेले जनाएको छ । शनिवार पार्टी कार्यलयमा पत्रकार सम्मलेन गर्दै नेकपा एमालेले असोज ३ गते काठमाडौमा वृहत कार्यक्रमको साथ संविधान दिवस मनाउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV