१ आश्विन २०७३, शनिबार

‘पर्शनालिटी डिभेलपमेन्ट वर्कशप टुगेदर फर ३६५ डेज’वर्कशपको पहिलो ईपिशोड सम्पन्न भएको छ । (हिमालयन भिजन फाउण्डेशन)को आयोजनामा चाबाहील स्थीत लाली गुराँस युथ क्लबको अफिसमा निःशुल्क रुपमा उक्त वर्कसप सम्पन्न भएको हो ।

0111
हिमालयन भिजन फाउण्डेशनले ब्यत्तित्व बिकास कसरी गर्ने र आफुमा रहेको इन्नेट क्यापासिटीलाई कसरी माझमा ल्याएर सदुपयोग गर्ने भन्ने उदेश्यले ‘पर्शनालिटी  डिभेलपमेन्ट वर्कशप टुगेदर फर ३६५ डेज’नामक वर्कशपको नयाँ अवधारणा अगाडी ल्याएको हो ।
पर्शनालिटी डिभेलपमेन्ट वर्कशपलाई पाक्षिक रुपमा एक वर्ष सम्मको लागी हिमालयन भिजन फाउण्डेशनले निःशुल्क रुपमा सञ्चालन गर्नेछ । बिशेष गरी यो संस्थाले प्रत्येक ब्यक्तिमा लुकेर रहेको क्षमतालाई सबैको माझमा प्रस्फुटन गर्न र आफ्नो पर्शनालिटीको बिकास गर्नका लागी नयाँ डिस्कार्स स्वरुप वर्कशपको नयाँ अवधारणा अगाडी ल्याएको हो । यस वर्कशपमा कुनै पनि उमेर, लिङ्ग,भाषा,जातजातीलाई छुट्याईएको छैन । सबै उमेरमा मानिसहरुले सहभागीता जनाउन सक्ने भएका छन् । पाक्षिक रुपमा हुने उक्त वर्कशपमा पुरै एक वर्षमा २४ वटा ईपिशोड रहेको अर्गनाइजरले जानकारी गराए ।
वर्कशपको पहिलो ईपिशडमा उपस्थित ब्यक्ति बिषेशहरुले (नेतृत्व)शब्दको बारेमा आ आफ्नो भनाईहरु राखे । जस्मा, राजनितीक क्षेत्रमा मात्र नेतृत्व नभएर प्रत्येक ब्यक्ति र समुहमा पनि नेतृत्वको आवश्यक रहने र हुनुपर्ने लगाएतका भनाइहरु राखेका थिए ।
त्यस्तै सोही कार्यक्रमका प्रमुख अतिथीको रुपमा उपस्थित सगरमाथा फाईनान्स लिमिटेडका सञ्चालक माओ राई किराँतले आफ्नो जीवनको सफलताको कुरा राख्दै ब्यक्तित्व बिकासको बारेमा आफ्नो भनाई पनि राखे । साथै उनले ‘पर्शनालिटी डिभेलपमेन्ट वर्कशप टुगेदर फर ३६५ डेज’कार्यक्रमलाई एक वर्षका मात्र नभएर निरन्तरता दिनलाई पनि आग्रह गरेका छन् ।
वर्कशपको दास्रो ईपिशोडको यहि असोजको १५ गते शनिबार हुने भएको छ । आयोजकले उक्त दोस्रो ईपिशोडमा पनि सोही शब्द (नेतृत्व)को बारेमा नै बहस हने जानकारी गराए छन् । चाबाहीलमा अबस्थित लाली गुराँस युथ क्लबको अफिसमा हुदै गरेको वर्कशपको दोस्रो ईपिशोड बिहान ७ बजे देखि १० बजे सम्म सञ्चालन हुने जानकारी गराईएको छ ।
कार्यक्रमका आयोजक तथा एचभिएफका अध्यक्ष भुपाल राईले सञ्चालन भईरहेको पर्शनालिटी डिभेलपमेन्ट वर्कशपले सबैमा ब्यत्तित्व बिकास हुनुका साथै समाजमा साँघुरो भिजनबाट गुज्रिरहेकाहरुलाई बाहिर ल्याउन मदत पुग्ने बताएका छन् । त्यस्तै बाँकी ईपिशोडहरुमा पनि सबैको उपस्थितीको लागी आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV