१ आश्विन २०७३, शनिबार

भीमदत्तनगर, असोज । कञ्चनपुरको झलारीबाट प्रकाशित हुने पहिचान खबर दैनिक पत्रिकाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यहाँका ३९ जना वादी समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

आज कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ बंकस्थित आरक्ष विस्थापित शिविरमा २९ जना कुमाल÷वादी विद्यार्थीलाई शैक्षिक सामाग्री तथा नौजना अतिविपन्न सो समुदायका विद्यार्थीलाई विद्यालय पोसाकसमेत प्रदान गरिएको पहिचान दैनिकका पत्रकार अर्जुन सिंहले जानकारी दिनुभयो ।

‘विद्यार्थीको अवस्था नाजुक रहेकाले अध्यापनमा सहयोग पुगोस भनेर शैक्षिक सामग्री प्रदान गरेका हौँं ।’ पत्रकार सिंहले भन्नुभयो । पहिचान खबर जिल्लाकै ग्रामीण बजारबाट प्रकाशित हुने पहिलो दैनिक पत्रिका हो ।रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV