१ आश्विन २०७३, शनिबार

अधिकांश नेपालीमा एउटा समस्या छ, बिरामी भएर अस्पताल जाादा डाक्टरसग खुल्न नसक्ने या खुल्न नचाहने । आफ्नो समस्या, जीवनशैली, पेसालगायत पाटोमा अधिकांश बिरामी स्पष्ट हुन नचाहने गरेको चिकित्सकहरू बताउने गर्छन् । कतिपय बिरामीले यस्ता कुरामा डाक्टरसाग झुट पनि बोलिरहेका हुन्छन् । तर, यसको घाटा स्वयं बिरामीले व्यहोर्नुपर्छ । बिरामीले बोलेका कतिपय झुटले उपचार सही गतिमा अगाडि नबढ्न पनि सक्छ र जटिल परिणाम निम्तिन सक्छ । फिजिसियन डा। केदार सेन्चुरीले डाक्टरसाग बिरामीले बोल्न नुहुने झुटबारे जानकारी दिएका छन् स् कतिपय बिरामी डाक्टरकहाँ जान्छन्, समस्या सुनाउँछन् तर समस्या कसरी निम्तियो भन्नेबारे स्पष्ट पार्दैनन् । बिरामीको सोच हुन्छ कि आफ्नो अवस्था देखेपछि डाक्टरले रोग पत्ता लगाउन सक्नुपर्‍यो नि ।

समस्या सुनाउने तर त्यसअघिका घटनाक्रम लुकाउनु बिरामीकै लागि घातक हुन्छ । समस्याको कारण नबताउँदा या झुट बोल्दा डाक्टरलाई उपचार गर्न सहज हुँदैन । रोग निदान हुन समस्या पर्न सक्छ । समस्याको हिस्ट्री छ भने डाक्टरलाई बताइदिँदा उपचार छिटो र सही बाटोमा अगाडी बढ्छ । आफ्नो मात्रै होइन पारिवारिक हिस्ट्री पनि बताउनु राम्रो हुन्छ । बिरामीको समस्या, घरका अन्य सदस्य या अघिल्ला पुस्तामा पहिल्यै देखिएको रोग या समस्यासँग सम्बन्धित पनि हुन सक्छ । यौन र मानसिक रोगीको उपचार सबैभन्दा जटिल हुन्छ । तर, यिनै समस्या बोकेर अस्पताल आएका बिरामीले डाक्टरसँग झुट बोल्छन् । बिरामी स्पष्ट नहुँदा डाक्टर समस्यामा पर्छन् ।

बिरामीले आफू विवाहित हो कि अविवाहित, पेसेवर यौनकर्मी या कस्तो अवस्था हो, स्पष्ट नपार्दा उपचार प्रक्रिया गलत बाटोतिर जान सक्छ । मानसिक समस्याबारे पनि बिरामी खुल्न चाहँदैनन् । व्यक्तिले आफ्नो लाइफस्टाइल सबै स्पष्ट बताइदिए मात्रै समस्या सहजै पत्ता लगाउन सकिन्छ । किनभने पेट दुख्यो भन्दै अस्पताल आएका कतिपय बिरामीको समस्या मानसिक भएको पाइन्छ । पेनकिलर खुवाउँदा पनि दुखाइ कम हुँदैन । अनि बिरामी रोग निको नभएको भन्दै फरक–फरक डाक्टरकहाँ धाउन थाल्छन् । जहाँ पुगे पनि समस्या उस्तै रहन्छ । कतिपय बिरामी एउटा समस्या लिएर डाक्टरकहाँ आउँछन् तर, उनीहरूलाई पहिल्यै पनि अर्को रोग लागिसकेको हुन सक्छ ।

तत्कालको समस्या निको पारिदिन आग्रह गर्ने बिरामी आफ्नो विगतका रोगबारे बताउन चाहँदैनन् । यसो गर्नु ठूलो कमजोरी हुन्छ । पुरानो रोगसँग सम्बन्धित समस्या नै निम्तिएको हुन सक्छ । किनभने रुघाखोकी लागेर आएको बिरामीलाई पहिल्यै कुनै एलर्जी भएको हुन सक्छ, पेट दुख्ने समस्याले आएको बिरामी पहिल्यै डायबिटिज या प्रेसर पीडित हुन पनि सक्छ । त्यसैले बिरामीले विगतका रोग या समस्या बताउन अल्छी मान्ने तथा झुट बोल्ने गर्नु हुँदैन । कतिपय दीर्घरोगी नयाँ समस्या लिएर अस्पताल पुग्छन् । दीर्घरोगको नियमित औषधि सेवन गर्नुपर्ने यस्ता बिरामीले हेलचेक्रयाइा गरेका पनि हुन्छन् । डाक्टरले गाली गर्ने डरले उनीहरू औषधि खाए–नखाएको विषयमा झुट बोल्न पुग्छन् । औषधि केही समय खाएर छाडेको छ भने पनि खाइरहेको छु भनिदिन्छन् ।

कतिपयले दीर्घरोगको औषधि खाइरहेकै भए पनि डाक्टरलाई भन्दैनन् । यस्तो गर्नु गलत हो । बिरामीले पुरानो कुनै औषधि खाइरहेको छ तर, डाक्टरसँग झुट बोल्यो र डाक्टरले नयाँ औषधि चलाइदियो भने दुई खाले औषधिबीच रियाक्सन भएर गम्भीर खतरा निम्तिन पनि सक्छ । आम नेपालीमा आफ्नो जीवनका सबै उपचारका डकुमेन्ट सुरक्षित राख्ने बानी नै छैन । कुनै सरकारी सिस्टम पनि छैन । विदेशमा जन्मेदेखि नै हेल्थ रेकर्ड फाइल बनाइएको हुन्छ । नेपालीले पनि व्यक्तिगत रूपमै आफ्ना उपचारका सबैखाले फाइल जतन गरेर राख्न सक्छन् ।

कुनै समस्या भएर अस्पताल जाँदा पुराना सबै उपचार–फाइल लैजानु राम्रो हुन्छ । डाक्टरले पुराना रेकर्ड हेरेर सही ढंगले उपचार गर्न सक्छन् । अधिकांश नेपाली बिरामी त घरमा पुरानो फाइल छ भने पनि असम्बन्धित भन्दै डाक्टरकहाँ लाने गर्दैनन् । खानपिनको विषयमा त अधिकांश बिरामीले डाक्टरसँग झुट बोलेका हुन्छन् । मध्यपान, धुम्रपान गर्ने बिरामी डाक्टरलाई बढी ढाँट्ने गर्छन् । नियमित मध्यपान, धुम्रपान गर्नेहरू पनि डाक्टरले सोध्दा कहिलेकाहीँ मात्रै लिने बानी छ भनेर पन्छिन्छन् । तर, यो झुटले बिरामीलाई नै घाटा गरिरहेको हुन्छ । दैनिक सामान्य खानपानको विषयमा पनि डाक्टरलाई स्पष्ट पार्नु राम्रो हुन्छ । कतिपय रोग निको नहुनुमा खानपान ठूलो कारक बनिरहेको हुन्छ ।

मध्यमान र धुम्रपान नत्याग्दा कतिपय रोगमा औषधि सेवन गर्नुको कुनै अर्थ नै रहँदैन । डाक्टरले बिरामीको उपचारका क्रममा पेसा र घरायसी अवस्थाबारे चासो राख्छन् । तर, बिरामी ठान्छन्, रोगको उपचार नगरेर किन सोध्नुपर्‍यो नानाथरी रु अनि उनीहरू झुट बोल्न थाल्छन् । तर, यो गलत हो । कतिपय रोग बिरामीको घरायसी वातावरण र पेसाका आधारमा पनि पत्ता लगाउन सकिन्छ । मानसिक बिरामीमा घरायसी वातावरणको प्रभाव परेको हुनसक्छ । कतिपय रोग पेसासँग सम्बन्धित हुन सक्छन् । जस्तैस् नियमित पढाउने शिक्षकलाई घाँटीमा समस्या हुनसक्छ । बिरामीको उपचार र सजगता पनि पेसाअनुसार गर्नुपर्ने हुन सक्छ ।  नयाँ पत्रिका दैनिकबाट फिजिसियन डा.केदार सेन्चुरीका भनाई  ।

 

LIVE TV