३१ भाद्र २०७३, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण झट्ट हेर्दा उहाँकै शब्दमा सम्बन्ध सुधारको लागि मात्र केन्द्रित रहेको देखियो । भ्रमणमा पुरानै कुरा दोहोराइए र भ्रमण औपचारिक रुपमा निमन्त्रणाको साख राख्न गए जस्तो मात्रै रह्यो । उहाँको विचारमा भ्रमण लाभदायी र सम्बन्ध सुमधुर भएको आकलन गरिएपनि नेपालको आर्थिक उन्नति चाहने भारतले भने त्यस्को केही प्रतिबद्धता जनाएको पनि देखिएन ।

Image result for दाहालको भारत भ्रमण
बिहीबार देखि भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहालले शुक्रबार गार्ड अफ अनर ग्रहण गर्दै प्रधानमन्त्री नरेन्द« मोदी र राष्ट्रपति प्रणव मुखर्जी सँग भेट गर्नुभयो । उहाँले विदेश मन्त्री सुष्मा स्वराज सँग भेट गरेलगत्तै भारतिय प्रधानमन्त्री नरेन्द« मोदीसँग दुई देशको विषयमा कुराकानी गर्नु भयो र भारतसँग तीन बुँदे सहमति गरेर संयुक्त पत्रकार सम्मेलन गरी सबैलाई जानकारी दिइयो । दाहालको भारत भ्रमणमा उठाउनुपर्ने मुद्धाहरु थाँती राखेर पुरानै आयोजनालाई पुनरावलोकन गर्ने मात्र काम भयो । नेपालको तर्फबाट गण्डकी सम्झौता, १९५०को सन्धीको पुनरावलोकन गर्नमा भने दाहाल नेतृत्वको सरकारले कुनै पनि विषय उठान गरिएको देखिएन । शुक्रबारको भेटमा तीन बुँदे सम्झौतामा हस्ताक्षर गरेका प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनर्निर्माणका लागि क्रेडिट लाइन सम्झौता , तराईको सडक सञ्जाल, ट्रान्समिसन लाइन, कास्कीमा पोलिटेक्निक इन्सिटिच्युट बारेमा पनि सम्झौता भएको थियो ।
त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले नेपालसँगको सम्बन्धमा भ्रमणले नयाँ आयाम थपेको बताउँदै नेपालको आर्थिक उन्नतिमा भारत सदैव सहयोगी बन्ने धारणा राख्नु भयो ।
भारतसंगको सम्बन्ध नेपालका लागि सदैव उत्तारचढावपूर्ण रहदै आएको छ । नेपालको हरेक परिवर्तनमा आफ्नो उपस्थिति खोज्ने भारतले नेपालको उन्नतिमा सहयोग गर्ने वचन दिन भने पछि परेको छैन । यद्धपि ती कतिपय आश्वासनहरु आश्वासनमा सीमित बन्दै आएको छ

प्रतिक्रिया दिनुहोस्
LIVE TV