३१ भाद्र २०७३, शुक्रबार

नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेले संविधान संशोधन समय परिस्थिति अनुसार नेपाली आफैले गर्नुपर्ने बताउनु भएको छ । उहाँले कसैको दवाबमा आएर संविधान संशोधन गरिए त्यो देशका लागि घातक हुने पनि प्रष्ट पार्नुभएको छ ।

Image result for नारायणमान बिजुक्छे
शुक्रबार लुम्बिनी प्रेस क्लबद्धारा भैरहवामा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष बिजुक्छेले देशको संविधान नेपाली आफैले बनाएकोमा गर्व गर्नु पर्ने वताउनु भयो । उहाँले संविधानमा आवश्यकता र समय परिस्थिति अनुसार संशोधन गरिनु पर्ने तर कसैको दवाबमा आएर संविधान संशोधन गरे त्यो प्रत्युत्पादक हुने बताउनुभयो ।
साक्षात्कारमा अध्यक्ष विजुक्छेले आफुहरु सानो पार्टीको भए पनि बारम्बार स्थानीय निकायको निर्बाचन गराउनु पर्ने आवाज उठाउदै आएको बताउनु हुँदै स्थानीय निकाय नहँुदा देश नै अप्ठेरो अवस्था उभिएको चर्चा गर्नुभयो । उहाँले समयमा स्थानीयको निर्बाचन नहुँदा जनताको हक अधिकार हनन भएको र प्रजातन्त्रको जग बलियो बनाउन स्थानीय निकायको निर्बाचन जरुरी रहेको बताउनु भयो ।
अध्यक्ष विजुक्छेले आफ्नो पार्टी सुरुमा ४ ÷ ५ जिल्लामा सीमित भई सानो आकारमा रहे पनि अहिले ५० भन्दा बढी जिल्लामा सकृय उपस्थिति जनाउदै संगठन बिस्तार गरिरहेको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV