३० भाद्र २०७३, बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय पक्ष निकै सकारात्मक र उत्साही देखिएको छ । भारतका बिभिन्न दलका नेताहरु समेत यो भ्रमणलाई लिएर निकै सकारात्मक टिप्पणीहरु गरिरहेका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रकट गरिएको आतिथ्यता न्यानो नै थियो । तर भारतीय पक्ष यसरी उत्साही बन्नुमा भने धेरै विश्लेषकहरुले भने कौतुहलताका साथ लिएका छन् ।

Image result for DAHAL
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले दिनुभएको टेलिफोन शुभकामना र भारत भ्रमणको निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री दाहालले भारतको ४ दिने बिहीबारबाट आरम्भ गर्नुभएको छ । बिहीबार दिउसो भारत पुग्दा प्रधानमन्त्री दाहाललाई भारतीय विदेश मन्त्री सुष्मा स्वराजले रातो कार्पेट विच्छयाएरै स्वागत गरेकी छिन् । प्रधानमन्त्रीको भारत दौडाहमा यतिबेला नेपाल भन्दा पनि भारत बढि उत्साहित देखिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यकालमा भारतले नेपाल आफुबाट अलग्एिर चीनसंग नजिकिएको निष्कर्ष निकालेको थियो । तर चीनसंगको यही निकटतामा पर्खाल बन्न मात्र हो या अन्य उद्देश्यहरु पनि छन् दाहालको न्यायो स्वागतमा – त्यस्को पनि छिनोफानो हुने छ नै । दक्षिण एसियामा आफ्नो प्रभूत्व स्थापित गर्ने चिनियाँ नीतिलाई भारतले आफूलाई घेर्ने नीतिका रुपमा बुझ्नु अस्वाभाविक होइन । शक्तिशाली छिमेकीबाट असुरक्षित महशुस गर्ने प्रवृत्ति विश्व राजनीतिको एउटा मुख्य आयाम नै हो । यसबाट भारत अछुतो रहन सक्दैन । त्यसैले नेपाललाई आफनो पक्षमा राख्न र प्रधानमन्त्री दाहाललाई राजकीय सम्मान दिएर चीनसँगको सम्बन्धलाई हिमाली श्रृंखलामा नै रोक्ने भारतको स्वार्थ बुझ्न गाह«ो छैन पनि । भारतको नेपालमा दिर्घकालीन स्वार्थ छ, एजेण्डा छ, ती स्वार्थ पूरा गर्न उसले अनेक रणनीति अपनाउँदै जान्छ । परिवन्द अनुसार रणनीति फेर्छ । अहिले भारतको रणनीति फेरिएको छ । उसले नेपाललाई नचिढ्याउने, आफ्नो प्रभावको सरकार कायम राख्ने रणनीति बनाएको देखिन्छ । नेपालबाट तत्काल केही लिन सकिन्छ भने लिने, लिन सकिँदैन भने पनि सबै एजेण्डा थाती राखेर दाहाल सरकारलाई टिकाइरहने भारतीय रणनीति हो , जसले गर्दा भ्रमणमा नेपाल भन्दा भारत बढि उत्साहित देखिएको छ । यता प्रधानमन्त्री दाहाल पूर्ववर्ती केपी ओलीले जसरी भारतसँग टक्कर पनि नलिने र अर्का पूववर्ती डा. बाबुराम भट्टराई जसरी लम्पसार पनि नपर्ने प्रधानमन्त्रीको नीति भएपनि उहाँको यो भ्रमणले कुन रुप लिने हो त्यो केहि दिनमै सार्वजनिक हुने नै छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV