३० भाद्र २०७३, बिहीबार

आज इन्द«जात्रा । काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा पर्व धुमधामले मनाइएको छ । इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको हुनमानढोका पुगेर गणेश, कुमारी तथा भैरवको दर्शन गर्नुभएको छ । इन्द«जात्राले नेपाली समाजमा र संस्कृतिमा छुट्टै महत्व बोकेको छ ।

asfda
काठमाडौ उपत्यकामा वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा पर्व मनाइदै आइएको छ । यस अवसरमा हनुमाढोकास्थित ऐतिहासिक दरबारक्षेत्र परिसरमा रहेका गणेश,कुमारी र भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा छ । इन्द्रजात्राको अवसरमा हनुमानढोका दरबारक्षेत्रको प्राङ्गणमा गणेश, कुमारी तथा भैरवको रथ निकाली दर्शनपूजन गर्ने गरिन्छ । इन्द्रजात्रामा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको स्वरुपमा पुलुकिसी नृत्य ,मजिपा लाखेनृत्य,दीपदान दशावतार दर्शन लगायतका साँस्कृतिक जात्राहरु नगरका विभिन्न भागबाट निकाली हनुमानढोका पु¥याउने परम्परा छ । भाद्रशुक्लपक्षको द्धितीयामा कालभैरवको मन्दिर पछाडि इन्द्रध्वजोत्थान गरी शुरुहुने इन्द्रजात्रा आश्विनकृष्णपक्षको चतुदर्शीसम्म गरी ८ दिन मनाइन्छ । परम्परा अनुसार काभ्रेको नालास्थित वनमा तान्त्रिक विधिले मन्त्रणा गरि छाडिएको बोकाले छोएको रुख ढालेर लिङ्गो बनाई काठमाडौं ल्याइन्छ । काभ्रेदेखि काठमाडौसम्मको बाटामा लिङ्गो मानिसले तानेर हनुमानढोका ल्याइ पु¥याएपछि यसलाई सजाएर पूजा गरी शुभ साइतमा ठड्याउने चलन छ । लोकमा अब पानी पुग्यो जलवर्षा रोक्नु भनेर देवराज इन्द्रलाई सन्देश पठाउन इन्द्रध्वजोत्थान गरिएको कथन छ । साथै देवराज इन्द्र आफ्नी आमा वसुन्धरालाई मनपर्ने पारिजातको फूल टिप्न यस नगरीमा आउँदा पक्राउ परेका थिए । पुत्रलाई छुटाउन यहाँ आएकी आमा वसुन्धराले छोरालाई छुटाई लोकवासीलाई अन्नवालीवृद्धिका लागि कुहिरो दिएर गएकी हुनाले इन्द्रजात्रापछि काठमाडौमा कुहिरो लाग्ने गरेको पनि बताइन्छ । इन्द्रजात्राका अवसरमा हनुमानढोका परिसरमा गणेश,कुमारी इन्द्र,कालभैरव श्वेतभैरव, तथा आकाशभैरवको विशेष पूजाआजा गरिन्छ । राष्ट्रपति विद्या देवि भण्डारीले पनि हनुमानढोका पुगेर पुजाआजा समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV