३० भाद्र २०७३, बिहीबार

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानको पूर्ण कार्यान्वयनका लागि प्रमुख राजनैतिक दलहरु बीच सहमति र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले हचुवा पाराले संविधानको संशोधन गर्न नहुने पनि प्रष्ट पार्नुभएको छ । Image result for माधवकुमार नेपाल
बिहीबार प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयन गर्न तथा संक्रमणकाल अन्त्यका लागि स्थानीय, प्रदेश र संसद गरी तीन वटा निर्वाचन गरिनुपर्ने र यसका लागि राजनैतिक दलहरु बीच आमसहमति बन्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक स्थिरता नभए सम्म मुलुकको विकास असम्भव रहेकाले राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति, आर्थिक विकास र सुशासन बारे प्रमुख राजनीतिक दलहरु बीच राजनैतिक सहमतिको खाँचो औल्याउनु भयो ।
वरिष्ठ नेता नेपालले संविधान संशोधन गर्दा अर्को विवाद र अन्यौल थपिन सक्ने भएकाले हचुवा पाराले संविधान संसोधन हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले संविधान संशोधनका लागि कसैले दबाब नदिएको स्पष्ट पार्दै नेपालको आन्तरिक मामिला भएको भारतका नेताहरु स्वयंले जिकिर गरेको जानकारी समेत दिनुभयो ।
वरिष्ठ नेता नेपालले पश्चिमा मुलुकले भनेकै आधारमा स्थानीय तहको पुनसंरचना भईरहेको टिप्पणी गर्दै ५६५ वटा स्थानीय तहको संरचनाले जनतालाई सेवाप्रवाहमा समस्या आउने धारणा व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहको पुनसंरचना नसच्याए संविधान कार्यान्वयनमा समस्या आउने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV