३० भाद्र २०७३, बिहीबार

अभिनेता ऋतिक रोशन अभिनित फिल्म ’क्रिश’ श्रृङ्खलाले नियमितता पाउने भएको छ । ’क्रिश–३’ सम्मको यात्रा सुखद भएपछि अहिले आएर निर्माता राकेश रोशनले ’क्रिश–४’ बनाउने घोषणा गरेका हुन् ।

क्रिश ४को लागि तस्बिर परिणाम
चाथौ सिक्वेल फिल्म क्रिश–४ मा पनि अभिनेताको रुपमा ऋतिक रोशनले नै निरन्तरता पाउने बताइएको छ । क्रिश–४ सन् २०१७ बाट सुटिङ गरिने र सन् २०१८ को क्रिशमसमा रीलीज गरिने निर्माता रोशनले जानकारी दिएका छन् ।
अभिनेता ऋतिक रोशनले पनि हिजो ट्वीट गर्दै क्रिश–४ बन्ने जानकारी दिएका छन् । उनले गणेशको तस्विर सहित आफ्नो क्रिश अवतार सार्वजनिक गर्दै शुभारम्भको घोषणा गरे भने फिल्मलाई गणेश भगवानले सफल बनाउने विश्वास गरेका छन् । तेस्रो सिक्वेल फिल्म क्रिश ३मा अभिनेत्री कंगना रनौतले साथ दिएकी थिईन् भने चौथो सिक्वेल फिल्मको अभिनेत्री भने को हुने भनेर जानकारी गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV