३० भाद्र २०७३, बिहीबार

जापानको सबैभन्दा ठूलो प्रतिपक्षी दल “डेमोक्र्याटिक पार्टी”को नेतामा पहिलो पटक महिला निर्वाचित हुनुभएको छ ।

map of japanको लागि तस्बिर परिणाम

टेलिभिजनकी पूर्वसमाचार प्रस्तोतासमेत रहनुभएकी ४८ वर्षीय रेन्हो ठुलो मतअन्तरले विजयी हुनुभएको हो ।पार्टीको कार्यकारी अध्यक्षका लागि भएको निर्वाचनमा कुल ८४९ मतमध्ये उहाँले ५०३ मत पाउनुभएको थियो ।उहाँका अरु दुई प्रतिश्पर्धीमध्ये पूर्वविदेशमन्त्री सेइजी मइहारा र तल्लो सदनका सभासद् युइचीरो तमाकीले क्रमशः २३० र ११६ मत पाउनुभएको थियो ।
पूर्वमोडल र टिभी समाचारप्रस्तोता रेन्हो सन् २००४ मा माथिल्लो सदनमा टोकियोबाट सभासद् हुनुहुन्थ्यो । आफ्नै पार्टी सरकारमा रहेका बेला सन् २००९ देखि २०१२ सम्म प्रशासन पुनःसंरचना मन्त्री बन्नुभएको थियो । उहाँको कार्यकाल २०१९ सम्म रहने छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
LIVE TV