३० भाद्र २०७३, बिहीबार

राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ मा शुक्रवार सहभागी हुने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लाग्नुभएको हो ।

xvxfs
भ्रमण दलमा प्रधानमन्त्री दाहालका धर्मपत्नी सीता दाहाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद नारायण चौधरी, लालबाबु रावत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत र जङ्गीलाल राय सहभागी हुनुहुनेछ । त्यसैगरी, भ्रमण दलमा ५० जना सरकारी सदस्यमध्येमा प्रधानमन्त्रीको ‘कोर टिम’ २६ जना, उहाँका सल्लाहकार छ जना, सुरक्षा टोलीमा तीन जना, सञ्चारकर्मीको टोलीमा सात जना र भारतस्थित राजदूतावासबाट आठ जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलवासे र अर्थमन्त्रालयका अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल सहभागी हुनुहुनेछ ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र अन्य व्यवसायी गरी ४१ जना पनि भ्रमण टोलीमा छन् । टोलीमा निजी क्षेत्रका ३४ जनाभन्दा बढी पत्रकार समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV