२९ भाद्र २०७३, बुधबार

 

राप्ती अञ्चलमा राजश्व संकलन उत्साहप्रद रुपमा बढेको छ । आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले दिएको जानकारी अनुसार व्यापार व्यवसाय उद्योग कलकारखाना लगायतबाट वाषर््िाक रुपमा राजश्व संकलन बढ्दै गएको हो ।

Image result for राजश्व संकलन,दाङ

गत तीन वर्षको तुलनामा राजश्व संकलनमा दोब्बरले वृद्धि भएको कार्यालयले जनाएको छ । राजश्व कार्यालयले आर्थिक वर्ष २०६९÷०७०मा झण्डै ४६ करोड रुपैया राजश्व संकलन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७०÷०७१मा ५४ करोडको लक्ष्य राखेकोमा ६० करोड रुपैया संकलन भएको थियो । लक्ष्य भन्दा माथि राजश्व संकलन भएपछि आर्थिक वर्ष २०७१÷०७२ मा लक्ष्यलाई ७४ करोड पुु¥याइएको थियो । त्यो आर्थिक वर्षमा पनि कार्यालयले ७४ करोड ७० लाख रुपैया संकलन गरेको थियो । त्यसै गरेर आर्थिक वर्ष २०७२÷०७३ मा लक्ष्यलाई ८९ करोड पुु¥याइएकोमा उक्त आर्थिक वर्षमा पनि कार्यालयले ९६ करोड ४४ लाख रुपैया संकलन गरेको कर अधिकृत भागिराम केसीले जानकारी दिनुभयो । राजश्व संकलन वर्षेनी बढ्दै गर्दा लक्ष्य पनि सोहि अनुुसार बढाउँदै गएको कार्यालयका निमित्त प्रमुख बासुु नेपालले जानकारी दिनुभयो । राजश्व संकलनमा विभिन्न विधि र प्रक्रिया अपनाउँदै गएको र करको दायरामा नआएकाहरुलाई करको मूल दायरामा ल्याउने प्रयास हँुुदा राजश्व संकलन बढिरहेको नेपालले बताउँनुभयो ।

चालुआर्थिक वर्षमा पनि कार्यालयले १ अर्व ९ करोडको संकलन लक्ष्य लिएको छ । कार्यालयले गएको आर्थिक वर्षमा मात्रै २ करोड रुपैया बक्यौता असुल उपर गरेको निमित्त प्रमुख नेपालले दाबी गर्नुभयो । उहाँले लक्ष्य अनुसार कामलाई तिव्रता दिएको बताउँदै साउन महिनामा मात्रै १० करोड संकलन गर्ने लक्ष्य लिएकोमा १२ करोड रुपैया राजश्व संकलन भएको वताउनुभयो । उहाँले करको दायरा बढाएको,करदाताहरुलाई विभिन्न कर शिक्षाको लागि शिविरहरु सञ्चालन गरेको र संकलन केन्द्रहरुको संख्या बढाएकोले राजश्व संकलनले लक्ष्य पछ्याउदै गएको बताउँनुभयो ।

पछिल्ला वर्षहरुमा घर बहाल कर, मूल्य अभिबृृद्धि कर, अन्तः शुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवाबाट राजश्व संकलन हुने क्रम वृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV