२९ भाद्र २०७३, बुधबार

रुपन्देहीको सूर्यपुरा गाउँ विकास समितिको वडा नम्बर ९ कानिजवालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बुधबार राष्ट्रिय बाल दिवसको अवसर पारेर गाविस सचिव टुकराज पाण्डेले ९ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गर्नुभएको हो ।

Image result for बालविवाह

विसं २०७० देखि उक्त वडामा कुनै पनि बालविवाहका घटना नभएकाले बालविवाह मुक्त वडा घोषणा गरिएको गाविस सचिव पाण्डेले जानकारी दिनुभयो ।

उहाँले २०७५ भित्र सूर्यपुरालाई बालमैत्री गाविस घोषणा गर्ने लक्ष्य अनुसार नै ९ नम्बर वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको बताउनुभयो । लालीगुराँस स्वावलम्बन समूह, साथी सञ्जाल, सम्वाद केन्द्र र ग्रेजुयट सम्वाद सूर्यपुराको आयोजना तथा सूर्यपुरा नमुना गाविस र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा बालविवाह मुक्त घोषणा कार्यक्रम भएको हो ।

सूर्यपुराको ९ नम्बर वडामा १३ देखि १९ वर्ष उमेर समूहका ७३ जना किशोर र १ सय ८२ जना किशोरी रहेको गाविसले जनाएको छ ।

बाल गृह सञ्चालनमा समस्या

सैनामैना नगरपालिका–१ बनकट्टामा रहेको अभियान नेपाल बालगृहमा आर्थिक सङ्कटमा परेको छ । द्वन्द्व प्रभावित बालबालिकालाई संरक्षण दिँदै आएको उक्त बालगृहलाई सरकारी तथा गैर सरकारी संस्थाहरुले आर्थिक सहयोग नगर्दा समस्या आएको हो ।

विगत ४ वर्षदेखि ११ जना बालबालिकालाई आश्रय दिँदैआएको बालगृहको नियमित आम्दानीको कुनै स्रोत नहुँदा पछिल्ला दिनहरुमा थप समस्या आएको आश्रमका संस्थापक तथा संरक्षक तिलक शाहीले बताउनुभयो ।

विसं २०६९ सालमा स्थापित बालगृहमा ९ जना मुगु जिल्लाका द्वन्द्व प्रभावित र अन्य दुई गरी ११ जना बालबालिका रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV