२९ भाद्र २०७३, बुधबार

गोसाइँकुण्डमा आज एक बेवारिसे शव फेला परेको छ ।

Image result for गोसाइँकुण्ड

कुण्डकै पानीमा शव तैरिरहेको देखेपछि स्थानीय होटल व्यवसायीले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोली कुण्डमा पुगी अहिले शव सदरमुकाम ल्याउँदै गरेको रसुवाका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाइँले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न सकेको छैन । मृतक अन्दाजी ४०÷४५ वर्ष उमेरका पुरुष हुन् । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV