२९ भाद्र २०७३, बुधबार
  • यादव देवकोटा

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघको आजबाट सुरु महाधिवेशनमार्फत अध्यक्षका लागि दुई नेतृबीच प्रतिस्पर्धा हुने भएको छ ।

संस्थापन पक्षबाट उमा अधिकारी (रेग्मी) र नेता रामचन्द्र पौडेल पक्षबाट मीना पाण्डे महिला संघको नेतृत्वको लागि  चुनावी प्रतिस्पर्धामा होमिने पक्का भएको छ । यी दुई नेतृबीच महिला संघको अध्यक्षका लागि प्रतिस्पर्धा हुन लागेको यो दोस्रोपटक हो । यसअघि महिला संघको २०५८ सालमा सम्पन्न पहिलो अधिवेशनमा भएको प्रतिस्पर्धामा अधिकारीले पाण्डेलाई पराजित गरेकी थिइन् ।पाण्डे र रेग्मी दुवै पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित नेतृ हुन्।
संघको ६५ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई महामन्त्री, कोषाध्यक्ष, केन्द्रीय सदस्यमा खुलातर्फ २२, दलित, आदिवासी जनजाति, मधेसीबाट ३/३, प्रदेशबाट ३/३, मुस्लिम १ जनाका लागि निर्वाचन हुनेछ। सभापतिले ९ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ। दुवै पक्षले बुधबारसम्म सबै पदमा प्यानल खडा गर्ने गृहकार्य थालेका छन्। बुधबार सुरु हुने तेस्रो राष्ट्रिय महाधिवेशनमा २२ सय ४४ प्रतिनिधिले भाग लिँदैछन्।

पौडेल पक्षले मंगलबार अध्यक्ष उम्मेदवार घोषणा कार्यक्रम नै गरी पाण्डेको नाम उद्घोष गरेको थियो। देउवा पक्षले पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई अघि सार्ने तयारी गरेको भए पनि विधानअनुसार अध्यक्षमा उम्मेदवार बन्न दस वर्षसम्म निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्थाअनुसार यादव अयोग्य भएपछि रेग्मीलाई अघि बढाउने तय भएको हो। 14369986_10154480546244350_4792742328649769883_n 14370144_10154480545929350_8634500526204689258_n 14264954_10154480546809350_1376051140924078775_n 14291848_10154480544534350_2746171608598629283_n 14292367_10154480546874350_6937683842024045782_n 14292389_10154480546404350_5503936314174185081_n 14333759_10154480546139350_2443276474795717591_n 14344346_10154480544729350_6756421524102145748_n 14354979_10154480546589350_1822250455414675020_n 14355137_10154480545239350_503602445318700565_n 14359236_10154480544424350_8407503931809539734_n 14369927_10154480544644350_5817614371467680805_n

फोटो : यादव देवकोटा

 

 

LIVE TV