२८ भाद्र २०७३, मंगलवार

 

भारत भ्रमणका क्रममा भुटानीहरुको स्वदेश फिर्तीको मुद्धालाई उठाउन भुटानी शरणार्थीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । तत्कालिन समयमा भुटानबाट नेपालीभाषी भुटानीहरुलाई नेपाल शरणार्थी बनाउन भारतको समेत ठुलो षड्यन्त्र रहेको भन्दै भुटानी शरणार्थी स्वदेश फिर्ती प्रतिनिधि समितिले आफूहरुको स्वदेश फिर्तीको मुद्दालाई प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाईदिन आग्रह गरेको हो ।

Image result for भुटानी शरणार्थी

मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष डाक्टर भम्पा राईले भारतको समन्वयनमा मात्र आफूहरु स्वदेश फर्कन सक्ने भएकाले शरणार्थीको समस्यामा नेपाल सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले घर फर्कने आशा मरिसकेपछि निरुत्साहित भएर करिब १ लाख बढी शरणार्थी तेश्रो मुलुक पुर्नवास भएको बताउनुभयो । पूर्नवासले शरणार्थीमा ठूलो विचलन ल्याएको उहाको भनाई छ ।

नेपाल मानव अधिकार संगठनका केन्द्रिय महासचिव डाक्टर केपी सुवेदीले शरणार्थीले पनि आफ्नो इच्छा अनुसार आफ्नै देशमा बस्न पाउनुपर्ने बताउनुभयो । मानव अधिकारको रक्षाका लागि भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउन नेपाल सरकारले अत्यन्त चासो दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV