२८ भाद्र २०७३, मंगलवार

पहाडकी रानीको रुपमा चिनिने तनहूँको सुन्दर वन्दिपुर र दक्षिण एसियामै ठुलो दाबी गरिएको शिद्ध गुफा लगायतका विभिन्न पर्यटकीय क्षेत्र भएको तनहुँको डुम्रे पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । तर डुम्रे भन्सार नयाँ शहर विकास आयोजनाले भने सोचे अनुरुप काम गर्न नसकेको स्थानीयको गुनासो छ ।

Image result for डुम्रे भन्सार,तनहुँ
तनहुँको डुम्रेवासीलाई अहिले पनि शिक्षा र स्वास्थ्य लगायतको सुविधाको लागि पोखरा गईरहनुपर्ने अवस्था छ । नयाँ सहर निमार्ण पछि आफ्नै ठाउँमा यी सबै सुविधा पाउन स्थानीयको विश्वास छ । तर नयाँ सहर आयोजनाले सोचे अनुरुप काम गर्न नसक्दा स्थानीयहरु निराश हुन थालेका छन् ।
तर डुम्रे भन्सार नयाँ सहर योजनाले भने यस क्षेत्रमा सडक बाटो लगायतको क्षेत्रमा विकास निमार्णको कार्य निरन्तर गर्दै आएको जनाएको छ । भानु क्षेत्रमा साल्वीसे सिमलवोट सडक खण्ड ८ सय मिटर र नारेश्वर चोकवाट सशस्त्रप्रहरी वल मनकामना गण सम्मको ८ सय मिटर सडक कालोपत्रे गरिसकिएको योजनाले जनाएको छ । यस्तै भिमसेन थुम्कीजाने बाटोमा २ सय मिटरमा सिढि निमार्ण गर्नुको साथै डुम्रेमा सव वे समेत निर्माण भैसकेको जनाएको छ । शिद्ध गुफाजाने बाटो समेत चौडा पारिएको डुम्रे भन्सार नयाँ सहर आयोजनाका इन्जिनियर पुजन न्यौपानेले बताउनुभयो ।
नेपाल सरकारले देशका विभिन्न १० स्थानलाई नयाँ शहर अर्थात् स्मार्ट सिटि वनाउने योजना अघि सारेको छ । तनहूँको डुम्रे भन्सार क्षेत्र पनि नयाँ शहरको आयोजना अन्र्तगत पर्दछ । यही आयोजना अन्तर्गत २०७० सालवाट नयाँ सहर निर्माणको काम सुरु गर्न थालिएको हो । तनहुँको डुम्रे भन्सार क्षेत्र तनहुँ, लमजुङ्ग र गोर्खाको समेत व्यापारीक केन्द्रको रुपमा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV