२८ भाद्र २०७३, मंगलवार

खराब मौसमका कारण विमान उड्न नसक्दा मुगुमा एक विरामीको विमानस्थलमै मृत्यु भएको छ ।  जिल्ला अस्पताल मुगुबाट रिफर गरिएकी रुगा गाबिस बडा नम्बर ८, बर्ष ४२ की गोरीकला बढुवालको उपचारका लागी नेपालगंज लैजाने क्रममा ताल्चा विमास्थलमै मृत्यु भएको हो । दुई दिनसम्म मौसम खराबी भएपछि जहाज नउडेको कारण मंगलबार ताल्चा विमानस्थलमै बढुवालको मूत्यु भएको हो ।
लामो सम्म बिरामी रहेकी बढुवाल जिल्ला अस्पतालमा चेक गरउन आउँदा आन्द्रामा घाउ र टाइफाइड भइसकेको हुनाले जिल्लामा उपचार गराउन नसकिने भन्दै उनलाई २६ गते नै जिल्ला अस्पतालबाट रिफर गरिएको थियो । तर विमान उड्न नसकेर समयमै उपचार गर्न नसकेपछि बढुवालको मूत्यु भएको जिल्ला अस्पताल मुगुका सुचना अधिकारी पशुपति शाहीले जानकारी दिनुभयो ।

LIVE TV