२८ भाद्र २०७३, मंगलवार

भुकम्पपछि नेपाल र चीनवीचको एकमात्र व्यापारिक नाका रसुवागढीमा आर्थिक बर्ष ०७२÷७३ मा १ अर्व ५७ करोड क्वारानटाईन व्यापार घाटा भएको जनाएको छ  । चीनबाट नेपालमा दैनिक ६३ लाख बारबारको कृषीजन्य वस्तु आयत हुने र १ लाख ५७ हजार रुपियाँ बराबारको निर्यात भईरहेको क्वारान्टान कार्यलय टिमेरेले जनाएको छ ।

रसुवागढीको लागि तस्बिर परिणाम
नेपालबाट चीन र चीनबाट नेपाल आयत हुने कृषी जन्य उपजका व्यापारमा नेपालले दैनिक ६१ लाख भन्दा बढी क्वाराइनटाइन घाटा व्योहोरिरहेको  क्वारान्टाइन कार्यलय टिमुरेका क्वारान्टाइन अधिकृत रामनारायण यादवले जानकारी दिनुभयो । अर्थिक वर्ष २०७२÷७३ मा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको २९ हजार, ८ सय ८७ मेक्ट्रिटन स्याउ भित्रिएका छन् । त्यस्तै १० करोड, २६ लाख ५४ हजार मूल्य बराबरको अदुवा लसुन र जिम्बु १ हजार ९ सय मेक्ट्रिटन र ४२ लाख रुपैयाँ बराबरको च्याउ र च्याउको धुलो ३६ दशमलव ३१ मेक्ट्रिटन सोही नाकाबाट आयत भएका छन् । त्यस्तै बोडी र सिमी ३ मेक्ट्रिटन र १ अर्ब ६० करोड ९४ लाख रुपैयाँ बराबरको अन्य कृषीजन्य बस्तु समेत रसुवागढी नाका भएर भित्रिएको यादवले जानकारी दिनुभयो ।
यस्तै नेपालबाट चीनतर्फ रु १ करोड २० लाख १५ हजार बारबरको  बासको मुडा  २१ हजार ४ सय ५५ थान, ,  ८ लाख ५० हजारको काठको धुप ८ सय ५० केजी, ३ लाख ३३ हजारको  बुद्धचित्त १ सय ८५ केजी, ९८ लाख ४० हजार बारबारको कुचो १२ हजार ४ सय थान, १२ लाख ८५ हजारको  ह्यान्डिक्राप्ट ५८४ केजी र २८ लाख ८० हजार बराबारको ९ सय केजी रुद्राक्ष निर्यात भएको  क्वारानटाइन कार्यलय रसुवाले जनाएको छ ।
यसैबीच आर्थिक वर्ष २०७३÷७४ को पहिलो महिनामा चीनबाट १ हजार १ सय ९२ मेक्ट्रिटन कृषि जन्य बस्तु भित्रिएका छन् भने नेपालबाट २६ लाख  २६ हजार रुपैयाँ बराबरको ४ हजार १ सय थान बासको मुडा र ४ हजार १ सय ५० थान कुचो २६ लाख  २६ हजार ७ सय बराबरको निर्यात भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV