२८ भाद्र २०७३, मंगलवार

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने विभिन्न कृषि उत्पादनमा भारतले पटक–पटक खोट देखाउँदै आएपछि कालो सुनले परिचित अलैंचीको नयाँ फसलको मूल्यमा भारी गिरावट आएको छ । नयाँ अलैंची निस्कन थालेसँगै मूल्य दिनानुदिन ओरालो लाग्ने क्रमले किसान तथा व्यावसायीलाई चिन्तित बनाएको हो ।

अलैंचीको लागि तस्बिर परिणाम

पूर्वी पहाडि जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङखुवासभा लगायतका जिल्लाहरुमा उत्पादन हुने अलैंचीले उत्पादन हुने सिजनको सुरुवातमै भाउ नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । बजारमा नयाँ अलैंची निस्कन थालेको एक महिनाको अवधिमा करिब २० हजार रुपियाँले मूल्यमा गिरावट आएको छ । दुई वर्षअघि १ लाख २० हजार रुपैया प्रति मन विक्री भएको अलैँची अहिले ६० हजार रुपैया प्रति मनमा झरेपछि कृषकहरु चिन्तित बनेका हुन् । अहिले अलैँची निकालेर विक्री गर्ने सिजन भएपनि सिजनको सुरुवातमै अलैँचीले भाउ नपाएको कृषकहरुले बताएका छन् ।
बाइट अलैंची कृषक–पाँचथर
अहिले इलाम, पाँचथर, ताप्लेजुङ्ग र झापाका बजारमा नयाँ अलैंची प्रतिमन सरदर साठी हजार रुपैयाँमा किनबेच भइरहेको छ । भदौको सुरुमा अलैंची प्रतिमन ८० हजार रुपियाँका दरले खरिद विक्री भएको अलैंची त्यसयता मूल्य निरन्तर ओरालो लागेको हो । किसानहरुबाट खरिद गरेको अलैँची समेत सहज निर्यात नभई स्टक रहेको हुँदा अहिले ब्यापारी र व्यवासायीहरुलाई समेत समस्या परेको अलैंची व्यवसायीहरु बताउँछन् । नेपाल अलैंची व्यावसायी महासंघका अनुसार अलैंचीमा धुँवाजन्य पुल्ठो लगाउने, पानी हाल्ने र धँुला, धँुलो मिसिएका जस्ता कारणले अलैंची गुणस्तरहीन हुँदा बाहिरी मुलुक निर्यातमा समस्या देखिएको हो । नेपाली अलैंची विश्वबजारमा पुग्न आफ्नै ट्रेडमार्क नभएकाले हाल नेपालमा उत्पादित अलैंची ‘मेड इन इन्डिया’ का नाममा विश्वबजारमा पुग्ने गरेको छ । जसका कारण नेपाली अलैंचीमा भारतीय व्यवसायीहरुको एकाधिकार छ ।
महासंघका अनुसार नेपालबाट वार्षिक पाँच हजार टन भन्दा धेरै अलैंची भारत निर्यात हुने गरेको छ । नेपाल, भारत र भुटानमा उत्पादन हुने अलैंची विशेष गरी मसलाका रूपमा खाडी राष्ट्रमा बढी निर्यात हुँदै आएको छ । तथ्यांक अनुसार अलैंची निर्यातबाट वार्षिक छ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको छ । जसमध्ये पाँच अर्ब रुपैयाँ नेपाली किसानको हातमा पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV