२८ भाद्र २०७३, मंगलवार

14341815_1091499084264895_19214318_n

बहुआयामिक ब्यक्तित्वका धनी ‘जे.सागर’ प्रवासमा रहेर पनि नेपाली कला र साहित्यको उत्थान र प्रबद्र्धनमा सक्रिय हुंदै आएका बहुप्रतिभावान नेपाली साहित्यकारको रुपमा परिचित नाम हो जे.सागर । सिन्धुपाल्चोकको बतासे ३ मा जन्मिएर काठमाडौंमा स्थायी बसोबास भएका सागर हाल संयुक्त अरब इमिरेट्स(यूएई)मा आफ्नो विभिन्न विधाका साहित्यमा समय दिइरहेका छन् । आफैंद्धारा लेखिएका र अन्य साहित्यको समेत सम्पादनमा भूमिका निभाईरहेका सागर पछिल्लो समयका जुझारु र सक्रिय साहित्यकारका रुपमा परिचित छन् । देश देखि परदेश, माया प्रेम देखि देश प्रेमसम्म सबै विषयबस्तुलाई मार्मिक र मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्नु उनको बिशेषता हो । उनका थुप्रै कविता, गजल, मुक्तकमा देशभक्ति र माया प्रेमका भावले ओतप्रोत भएको पाउन सकिन्छ । यस्ता विधामा आफैं लेख्ने मात्र नभई प्रवासमा रहेर पनि नेपाली कला र साहित्यको इतिबृद्धिमा उनको ठूलो योगदान रहेको छ । आफ्नो स्कुल जिबन देखि नै लेखनी कार्य शुरु गरेका सागरले स्नातक तह सम्मको अध्ययन पूरा गरिसकेका छन् । बहुआयामिक साहित्यकार सागर यूएईमा रहेका विभिन्न सघ संस्थामा पनि आवद्ध छन् । उनी आवद्ध भएका संस्थाहरुमा आफ्नै क्षेत्र अन्तर्गतको ‘इनास नेपाली भाषा तथा साहित्य विकास एवम् प्रवद्र्धन ग्लोबल समिति’मा सह–संयोजकको भुमिका निर्वाह गरिरहेका छन् । यस्तै इनास युएईका संरक्षक पनि हुन उनी । प्रवासी नेपालीहरुको संस्था ‘गैर आवासीय नेपाली संघ’ (एनआरएनए) यूएईको अल ऐन राज्यका सचिव सागर ‘सिन्धुपाल्चोक सेवा समाज’, युएईको सल्लाहकार पदमा छन् । सागरको आवद्धता यतिमै सिमित छैन, उनी साहित्यकारहरुकै लागि खोलिएको ‘सिर्जना वाचन डबली’, युएईको संस्थापक सदस्य पनि हुन् । उनले साहित्यमा कलम चलाएका बिधाहरुमा गजल, कविता, मुक्तक, व्यङ्ग्य, समसामयिक ब्लग र पत्रकारिता हुन् । समाजमा रहेका बिकृति र विसङ्गतिका विरुद्ध उनका कलमहरु चल्दै आएका छन् । साहित्य क्षेत्रमा लागेको लामो समयमा उनले केहि आफ्ना कृतिहरु पनि प्रकाशित गरेका छन् । उनका प्रकाशित कृतिहरुमा ‘प्रवासका अक्षरहरु’ (प्रमुख संयोजक), ‘हैसियत’ (संयुक्त गजल सङ्ग्रह), ‘कोसेली’ (संयुक्त मुक्तक सङ्ग्रह), छापा मिडिया तथा इलेक्ट्रोनिक मिडिया मार्फत प्रकाशन र प्रशारण भएका विभिन्न गजल, मुक्तक तथा लेख उनकै कृति हुन् ।

14348997_1091499027598234_1273800750_n

LIVE TV