२७ भाद्र २०७३, सोमबार

गत शुक्रबार दर्शकमाझ रीलीजमा आएको फिल्म ‘छक्का पञ्जा’ले दर्शकहरुको राम्रो साथ पाईरहेको छ । ‘छक्का पञ्जा’फिल्मका निर्माण पक्षले बिग मुभिजमा आफ्नो अतिथीहरुको लागी बिशेष शो पनि गरेको थियो । फिल्मले हाम्रै गाउँँघरको वास्तबिक कथालाई कमेडी र रिभेन्जका साथै मनोरन्जनात्मक तरीकाले पर्दामा प्रस्तुत गरेको छ । बिशेषत् फिल्मले बिदेशीएका युवाहरुको घरबारको कथालाई पनि जोड दिएको छ ।
फिल्ममा दिपक राज गीरी, प्रियंका कार्की, जीतु नेपाल र बुद्धि तमाङ लगाएतको मुख्य अभिनयलाई दर्शकहरुले मन पराएका छन् । फिल्म हेरीसके पछि दर्शकहरुको राम्रो प्रतिकृया र हौसलाले निकै उत्साहीत बनेका फिल्मका निर्देशक दीपा श्री निरौलाले फिल्म हिट हुनुमा मिडियाहरुको ठुलो योगदान रहेकोले सबै मिडिया कर्मीहरुलाई धन्याबाद पनि दिएकी छिन् ।

vlcsnap-2016-09-12-12h23m19s221
फिल्मलाई दिपक राज गीरी, निर्मल शर्मा, जीतु नेपाल, केदार घिमिरे,सिताराम कट्टेल लगाएतले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा लीड कलाकार समेत रहेका दिपक राज गीरीले फिल्मले दर्शकहरुको राम्रो साथ पाउँदा निकै उत्साहीत रहेको बताउँछन् । सोही फिल्मका अर्को निर्माता तथा कलाकार जीतु नेपाल पनि दर्शकहरुको उत्साहजनक साथले निकै खुशि छन् । साथै उनले फिल्ममा एक टुप्पि वाला पण्डितको रोलमा अभिनय गरेको पनि बताए ।

vlcsnap-2016-09-12-12h24m12s336
फिल्ममा दिपक राज गीरी, प्रियंका कार्की,शिबहरी पौडेल,बर्षा रावत,जीतु नेपाल,नम्रता सापकोटा,केदार घिमिरे,आर्यन सिग्देल लगाएत कलाकारहरुको अभिनय रहेको छ । फिल्मकी लीड नयिका प्रियंका कार्की पनि दर्शकहरुको साथ र सहयोग पाउँदा निकै उत्साहीत छिन् ।

vlcsnap-2016-09-12-12h23m55s265

हास्य कलाकार दिपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको ‘छक्का पञ्जा’ फिल्मको बिशेष शोमा हेर्न नेकपा (एमाले)का नेताहरु पनि उपस्थित थिए । जस्मा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल र माधव कुमार नेपालसंगै अमृत बोहोरा र निरु पाल लगायत अन्य नेताका कार्यकर्ता लगाएतले छक्का पञ्जा हेरे ।
फिल्म हेरेपछि पुर्वप्रधानमन्त्री केपी ओली र झलनाथ खनालले फिल्म हास्यप्रधान र सन्देशमुलक रहेको भन्दै फिल्म राम्रो लागेको प्रतिकृया पनि दिए । नेता ओलीले फिल्मको सिनेमेट्रोग्राफीको पनि खुलेरै प्रशंसा गरेका थिए ।

artist-and-leader_uml-001

प्रतिक्रिया दिनुहोस्
LIVE TV