२६ भाद्र २०७३, आईतवार

स्वास्थ्य मन्त्रालय र राष्ट्रिय ट्रमा सेन्टरबीच समन्वयको अभावमा विरामीले सास्ती व्यहोर्नु परेको छ । सरकारले दिएको उपचार सहायता सरकारी निकायमै समन्वय हुन नसक्दा लिन नसकिएको विरामी र तिनका आफन्तहरुले गुनासो गरेका छन् । पटक पटक विभिन्न निकायमा धाउँदा हैरानी खेपेकाहरुलाई अस्पातल प्रशासनको व्यवहारले झन् पीडा दिएको छ ।

त्यो पीडा पाउने मध्येका एक हुन् रेकम बहादुर थापा मगर । आइतबार स्वास्थ्य सेवा ब्यबस्थापन महाशाखामा भेटिएका थापा मगर प्यूठान खवाङ २ निवासी हुन् । रुखबाट लडेर घाइते भएका भाइ भोजवहादुरको उपचार सहयोग को लागि बिभिन्न सरकारी निकाय धाउदै हिंडेका छन् । राष्ट्रिय ट्रमा सेन्टर को आइसीयुको २१० नम्बर मा उनको भाइको उपचार भैरहेको छ । स्पाइनल इन्जुरीका विरामी भोजवहादुरलाई सरकारले उपचार सहयाता दिनु पर्ने हो । सरकारले नै स्पाइनल इन्जुरी लगायत ८ वटा रोग को उपचारको लागि उपचार सहायता दिने नियम बनाएको छ तर अहिलेसम्म उनले सहायता पाउन सकेका छैनन् ।
सरकारले आर्थिक सहायता दिने ८ वटा रोग को उपचार को लागि तोकिएको अस्पताल मात्र यो सुबिधा पाइन्छ तर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रहेको ट्रमा सेन्टर बाट भने यो रोगको उपचारको लागि आर्थिक सहायता दिन सकेको छैन । मन्त्रालय ट्रमा सेन्टरलाई यस सम्बन्धी अधिकार नदिदा अस्पतालले उपचार सहायता दिन नसकेको प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले स्वीकार गर्नुभयो ।
भोजबहादुर थापामगर त एक प्रतिनिधि पात्र मात्र हुन् उनी जस्ता धेरै नागरिक राज्यले उपचार सहायता दिन्छु भनेको रकम समेत पाएका छैनन् । सरकारले ८ वटा रोग को उपचारको लागि आर्थिक सहायता हुने घोषणा गरेको रोगहरु मृगौला मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक,अल्जाइमर÷पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिने उल्लेख छ । नागरिकको उपचारको लागि भनेर सरकारले गरेको व्यवस्था भए पनि नागरिकलाई सरकारी अस्पतालहरुबाटै सास्ती पाउनु परेको छ । त्यसैले सरकारले यो झन्झटिलो व्यवस्था अन्त्य गरि सहज रुपले उपचार सहायता पाउने व्यवस्था गर्न जरुरी छ ।

LIVE TV