२६ भाद्र २०७३, आईतवार

उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकारले बन्द भएका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्ने तयारी भैरहेको बताउँनुभएको छ । विगतमा जेसुकै कारणले बन्द भएको भएपनि अब ती बन्द उद्योगले पुनर्जीवन पाउने मन्त्री जोशीको भनाई छ ।

Image result for उद्योग मन्त्री नवीन्द्रराज जोशी
उद्योग मन्त्रालयद्वारा तयार ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ सार्वजनिकीकरण कार्यक्रममा मन्त्री जोशीले पहिलो चरणमा नेपाल औषधी लिमिटेडलाई सुचारु गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा औषधी लिमिटेडसहित वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी,बुटवल धागो उद्योग जस्ता उद्योगहरु पुनः सञ्चालन गरिने बताउँनुभयो ।
साना उद्योगको संरक्षण र ठूला उद्योगको प्रबर्धनमा सरकारले जोड दिदै मन्त्रालयले ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ तयार पारेको मन्त्री जोशीले बताउँनुभयो । औद्योगिकीकरणबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताउँदै मन्त्री जोशीले उद्योग मन्त्रालयलाई ‘अगुवा मन्त्रालय’ बनाउने घोषणा पनि गर्नुभयो ।
कार्ययोजनामा नीतिगत तथा कानुनी सुधार ,संरचना तथा प्रक्रियागत सुधार,लघु,घरेलु तथा साना उद्योग विकास प्रबद्र्धन तथा औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र स्थापना तथा विस्तार गरी ४ तहको सुधार योजना उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV