२६ भाद्र २०७३, आईतवार

पछिल्लो समयमा बर्दिया जिल्ला बिकास समितिले बाढीबाट क्षति भएका संरचना निर्माणका लागि प्राप्त गरेको रकमले बर्दियाका १७ स्थानमा सडक निर्माण गरेको छ । सडक निर्माण भए पछि अहिले स्थानीय बासिन्दा समेत हर्षित देखिएका छन् ।

Image result for बर्दियाका १७ स्थानमा सडक निर्माण,
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया देखि करिव २५ किलोमिटर पश्चिममा पर्ने बबई नगरपालिका अन्र्तगत पर्ने बगनाह बनकट्टी सडक निर्माण भए पछि अहिले स्थानीय बासिन्दाहरु समेत खुसी देखिएका छन । बर्षौ पहिले निर्माण गरिएको सडक जिर्ण हुँदा समेत मर्मत नभएको र अहिले पछिल्लो समयमा मर्मत भए पछि सडकमा आवतजावत गर्न समेत सहज भएको स्थानीय बासिन्दाले बताएका छन् ।
बर्दिया जिल्लामा रहेका अधिकांश जिर्ण सडक मध्येको बगनाह बनकट्टी सडक पनि एक हो । बर्षौं पहिले निर्माण भएको सडक बिच–बिचमा मर्मत हुनुपर्ने अवस्थामा भए पनि निर्माणको एक दशक सम्म पनि सडक मर्मत र पुनर्निर्माण नभएका कारण बगनाहका स्थानीय बासिन्दाहरु सडकबाट आवत जावत गर्नका लागि पनि कष्ट व्यहोर्नु पर्ने अवस्था रहेको थियो । पटक पटक बबई नगरपालिका र जिल्ला बिकास समितिलाई सडक निर्माणका लागि अनुरोध गरेका स्थानीय बासिन्दाहरुले अहिले आएर सडक मर्मत भए पछि आवत जावत गर्न समेत सहज भएको बताएका छन् ।
यता जिल्ला बिकास समितिले यस बर्ष अतिरिक्त रकम अन्तर्गत पाएको १० करोड रुपैयाँबाट बगनाह बनकट्ी लगायत १७ वटा ग्रामीण स्थानमा सडक निर्माण गरिएको जिल्ला बिकास समितिको कार्यालय बर्दियाका स्थानीय बिकास अधिकारी तेजराज शर्माले जानकारी दिनुभयो ।
बर्दिया जिल्लामा अझै पनि धेरै सडकहरु पुनर्निर्माण र स्तरोन्नतिको प्रतीक्षामा छन् ।

LIVE TV