२६ भाद्र २०७३, आईतवार

शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले राष्ट्रिय भवनसंहिता कडाइपूर्वक लागू गरिने बताउनु भएको छ । उहाँले संंहिताको उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिनुभएको छ ।

Image result for अर्जुननरसिंह केसी
मन्त्री केसीले आइतबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी भवनसंहिताले तोकेको मापदण्ड विपरीत भौतिक संरचना बनाउने सबैलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो । उहाँले सुधारका लागि अप्रिय निर्णय लिन आवश्यक रहेको भन्दै आलोचना होला भनेर आफू पछाडि नहट्ने पनि प्रष्ट पार्नु भयो ।
मन्त्री केसीले एक महिनाभित्र काम सम्पन्न गर्ने गरी मन्त्रालय र मातहतका कर्मचारीलाई २५ बुँदे निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV