२६ भाद्र २०७३, आईतवार

राजधानी,गुड ह्युमन अर्गनाइजेशनको आयोजनामा आउँदो कार्तीकको २७ गते जाउलाखेल ग्राउण्डमा ‘बलिउड लाईभ कन्सर्ट’हुने भएको छ । आयोजीत एक पत्रकार सम्मेलनमा गुड ह्युमन अर्गनाईजेशनले सामाजिक कार्य सँगै मनोरञ्जन प्रदान गर्ने उदेश्यले ‘बलिउड लाईभ कन्सर्ट’गर्दै गरेको जानकारी सार्वजनिक गरेका हुन् ।

vlcsnap-2016-09-11-16h28m20s085
‘बलिउड लाईभ कन्सर्ट’को मुख्य आकर्षणको रुपमा बलिउडकी चर्चीत गायिका शालमली खोलगडे रहने छिन् । साथै सोही कन्सर्टमा नेपालको तर्फबाट रविन एण्ड न्यु रीभोलुसन्स,काली प्रसाद बास्कोटा,अल्मोडा राणा उप्रेती,बाबु बोगटी र सोमीया बराईलीले पनि आ–आफ्नो प्रस्तुती प्रस्तुत गर्ने भएका छन् । उक्त ‘बलिउड लाईभ कन्सर्ट’मा नेपाली गीत संगीतले पनि थप मनोरञ्जन प्रदान गर्ने आयोजकको भनाई रहेको छ । आयोजकले बताएनुसार उक्त कन्सर्टबाट जम्मा भएको रकमलाई बाढि पिडीत र भुकम्प पिढितलाई सहयोग गर्ने बताएका छन् ।

vlcsnap-2016-09-11-16h25m44s513
‘बलिउड लाईभ कन्सर्ट’कै लागी नेपाल आउँदै गरेकी गायिका शालमली खोलगडेले आफ्नो विभिन्न चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् । गायिका शालमली इस्कजादे फिल्मको परेशान बोलको गीत सँगै चर्चामा आउन सफल बलिउड गायिका हुन् । गायिका शालमलीको पछिल्लो समय दारु देशी,मुझे लत लग गई,बलम पिचकारी, शुद्ध देशी रोमान्स,हे मिष्टर डिजे,जनता रक्स,शकिरा, बेबीको बेस पसन्द हे जस्ता चर्चीत गीतहरु रहेका छन् ।
त्यस्तै पछिल्लो समयमा पानी पर्यो बोलको गीतको चर्चीत गायक अल्मोडा राणा उप्रेतीले पनि प्रस्तुती दिने भएका छन् । उनले आफ्नो २० मिनेटको समयमा आफ्ना चर्चीत गीतहरुले अडियन्सलाई मनोरञ्जन दिने बताए । साथै उनले आफने चर्चीत गीत पानी पर्यो बोलको गीत पनि प्रस्तुत गर्ने जानकारी गराए ।

vlcsnap-2016-09-11-16h27m17s412
सोही लाईभ कन्सर्टमा गायिका सोमीया बराईलीले पनि आफ्नो प्रस्तुती प्रस्तुत गर्ने छिन् ।

vlcsnap-2016-09-11-16h27m39s791

LIVE TV