२५ भाद्र २०७३, शनिबार

उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बागलुङको दोस्रो खण्डमा शुक्रबारबाट काम सुरु भएको छ । नेपाली सेनाले बलेवाको टाकुरी देखी गुल्मी र बागलुङ सिमाना पालुङखोला सम्मको २२ किलोमिटरमा काम सुरु गरेको हो । पुल बाहेक ३३ करोडको लागतमा टाकुरी पालुङखोला ट्याक निमार्ण गरिन लागेको हो ।

vlcsnap-2016-09-10-19h49m58s141

बागलुङतर्फको पहिलो खण्डमा मालढुङ्गा देखि टाकुरी सम्मको १४ किलोमिटरमा भने नेपाली सेनाले ट्याक खोलिसकेको छ । यसअघि पनि निमार्ण अबधि अगावै काम सम्पन्न गरेको सेनाले बजेटको अभाव र अन्य कुनै समस्या नआएमा आगामी चैत महिनाको अन्त्यसम्ममा पालुङखोला सम्ममा ट्याक खोली सक्ने गरि कार्ययोजना बनाएको नेपाली सेनाका प्रमुख सेनानी इन्जीनियर रेश्मीराज भट्टराईले बताउनुभयो ।

नेपाली सेनाले नयाँ ट्याकमा पर्ने खोलाहरुमा बेलबृजको स्टीमेट तयार पारेपनि पुलको बिषयमा भने अहिलेसम्म टुङगो नलागिसकेको निर्माण कार्यदलले जनाएको छ ।

यस अघि कालीगण्डकी करिडोर आयोजनाले विभिन्न ठेकेदारलाई कामको जिम्मा दिएपनि समयमा काम नगरेपछि नेपाली सेनालाई जिम्मा दिईएको थियो । नेपाली सेनाले तोकिए भन्दा पहिलेनै सडक निर्माण गरेपछि पुन काम गर्ने मौका पाएको हो । कोरलादेखि सुनौलीसम्म तीन सय ४२ किलोमिटर सडक खण्डको २८ किलोमिटर सडक बागलुङ जिल्लामा पदर्छ । उक्त ट्रयाक खोलिएपछि बागलुङबाट बुटवल पाँच घण्टामै पुग्ने सकिने भट्टराईको बताउनुभयो ।

बागलुङ खण्डकोे ट्याक खोलेर गुल्मीको ३ किलोमिटर ट्याक मर्मत गरेपछि बागलुङबाट बुटवलसम्मको दुरी १ सय ५० किलोमिटरमा छोटिने बताइएको छ । अहिले यस क्षेत्रका याुत्रहरु २ सय ५० किलोमिटरको यात्रा तय गर्न बाध्यछन् ।

चिनको कोरला देखि भारतको सुनौली जोड्ने उक्त सडक खण्ड निर्माण सम्पन्न भएपछि धार्मिक पर्यटन प्रवद्र्धनका लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।

LIVE TV