२५ भाद्र २०७३, शनिबार

प्रदीप,नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेश झाले प्रविधिको प्रयोगमा नेपालको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेकाले प्रविधिलाई भित्रयाउने तर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । उहाँले नयाँ रोगहरुको उपचारका लागि नयाँ प्रविधि आवश्यक भएकाले सरकारको ध्यान यस तर्फ केन्दि«त हुनुपर्ने धारणा राख्नुभयो ।

Image result for नेपाल रेडियोलोजिकल सोसाइटी
नेपाल रेडियोलोजिकल सोसाइटीको २३ औँ वर्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष झाले रेडियोलोजीको क्षेत्रमा नया प्रविधिको प्रयोग गर्नुपर्ने र वीर अस्पतालमा रेडियोलोजी पढ्ने विद्यार्थीहरुको शुल्क निकै महँगो भएकाले यसलाई समायोजन गर्नुपर्ने बताउनुभएको छ । उहाँले सरकारको ध्यान स्वास्थ्य क्षेत्रका विभिन्न पक्षमा पनि पुग्नुपर्ने बताउँदै नयाँ प्रविधिहरुको प्रयोगमा नै जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष झाले नेपालमा रेडियोलोजिको राम्रो शिक्षा नहुनु र भएकामा पनि महंगो शुल्क तिर्नुपर्ने बाध्यतालाई स्वास्थ्य मन्त्रालयले अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV