२५ भाद्र २०७३, शनिबार

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले देशको ६६ वर्षको इतिहासमा पहिलोपटक जनताले पाएको सङ्घीयतासहितको नयाँ संविधान कार्यान्वयन गर्नु सरकारको मात्र नभई विपक्षी दल नेकपा ९एमाले०को पनि जिम्मेवारीभित्र पर्ने बताउनुभएको छ ।

Image result for मन्त्री अर्जुननरसिंह केसी

‘डावाली मिलन क्लब’को ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री केसीले राष्ट्र निर्माणको प्रक्रिया मबाट सुरु गर्नुपर्ने कुरामा जोड दिँदै मधेसी, थारु, तराई, आदिवासी आदिको असन्तुष्टि सम्बोधन गर्न सरकारले संविधानमा संशोधनको प्रक्रिया अघि बढाएको तथा संशोधन परिमार्जनका लागि सरकारमा रहेका र नरहेका सबै दलको सहकार्य आवश्यक रहेको चर्चा गर्नुभयो ।

उहाँले गाउँपालिका, प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचन समयभित्र गर्नुपर्नेमा जोड दिँदै यदि यो निर्वाचन गर्न नसकेमा देशमा अराजकता र अस्थिरता उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले देशको विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

पूर्व मन्त्री शङ्कर कोइरालाले अनुसन्धान र अन्वेषणमा खटिएर राम्रो कामका लागि जुटिरहेका समाजसेवी महावीर पुनलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

समाजसेवी महावीर पुनले देशमा विज्ञान र प्रविधिको विकास नभएकाले देशको आर्थिक विकास नभएको प्रष्ट पार्नुभयो ।

क्लबका अध्यक्ष वीरेन्द्रप्रसाद श्रेष्ठले समारोहको सभापतित्व गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV