२५ भाद्र २०७३, शनिबार

राजकमल सिंह,
गुणस्तरहीन सामग्री प्रयोगले निर्माण पुरा नहुँदै धनुषाधाम नगरपालिकाको किसानपुरमा निर्माणाधीन नाला भत्किएको छ । सडक डिभिजन कार्यालय जनकपुरले साढे २४ लाख रुपैयाँको लागतमा निर्माणाधीन नाला भत्किएको हो ।

unnamed-1
कमसल निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएकाले उक्त नालाको ८० मिटरभन्दा बढी भाग भत्केको स्थानीय जीतेन्द्र यादवले बताए ।
सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर संजीव साहका अनुसार सडक डिभिजन कार्यालय र रामेश्वर निर्माण सेवाबीच गत असारमा धनुषाधामको किसानपुरमा २४ लाख ३८ हजार ७ सय ५७ रुपैयाँमा नाला र सडक मर्मत गर्ने सम्झौता भएको थियो । १५ इन्चको वाल बनाउने सहमति भएपनि ठेकेदार कम्पनीले १० इन्चको बनाएको कारण नाला भत्केको हुन सक्ने साहको कथन छ ।
तर नाला निर्माणको जिम्मा पाएको रामेश्वर निर्माण सेवाका संचालक रामेश्वर मण्डलले भने नाला निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग नभएको दावी गरे । निर्माण कार्य सुरु गरिसकेपछि मात्र सडक डिभिजनले १५ इन्चको वाल बनाउन भनेको उनले बताए । सञ्चालक मण्डलले भत्केको नाला पुनः मर्मत गरिने बताए ।

unnamed-3

प्रतिक्रिया दिनुहोस्
LIVE TV